रङ्गेलीको ‘मिम च्यालेञ्ज’, विजेताले नगद र स्मार्टफोन पाउने
नेपालबहस संवाददाता
फागुन ४, २०८० शुक्रबार १३:४९:२३
४ फागुन, काठमाडौं । फागुन २५ गते महाशिवरात्रिको दिन रिलिज हुने नेपाली चलचित्र ‘रङ्गेली’ले ‘मिम च्यालेञ्ज’ घोषणा गरेको छ । यसमा विजेताले नगद, स्मार्टफोन र प्रिमियर पास प्राप्त गर्नेछन् ।
यो च्यालेञ्जमा सहभागी हुन युट्युबमा रहेका चलचित्र ‘रङ्गेली’का टिजर र गीतहरूबाट स्क्रिनशट निकाली ‘मिम’ तयार गरी सोसल मिडियामा पोस्ट गर्नुपर्नेछ । यो च्यालेञ्ज विश्वका जुनसुकै स्थानबाट लिन सकिनेछ । जुनसुकै सोसल मिडियामा मिम पोस्ट गर्दा #Rangelimovie #rangelifalgun25 #rangeli ह्यासट्याग किवर्डहरू प्रयोग गरेको हुनुपर्नेछ ।
विजेता छान्दा चलचित्र टिमले सृजनशीलता र मिमले प्राप्त गरेको लाइक, शेयर र कमेन्टको सङ्ख्यालाई आधार मान्ने कार्यकारी निर्माता जीतेन्द्र खतिवडाले बताए । खतिवडाका अनुसार उत्कृष्ट मिम बनाउनेले नगद रु १०,००० (दश हजार) र युमिडिजीको स्मार्टफोन प्राप्त गर्नेछन् । त्यस्तै, दश जनाले चलचित्र ‘रङ्गेली’को प्रिमियर शो को पास प्राप्त गर्नेछन् ।
‘रङ्गेली’लाई अर्जुन सुवेदीले लेखन तथा निर्देशन गरेका छन् । यसमा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिका रहेको छ । चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपलले सार्वजनिक गरे वृद्ध उमेरमा प्रहरी मुठभेडको तस्विर
जेठ ८, २०८१ मंगलबार
चर्चित कथा वाचक साइग्रेसको कथा 'अधुरो प्रेम'मा चलचित्र बन्दै
जेठ ७, २०८१ सोमबार
प्रदीप खड्का : रोमान्टिक हिरोबाट ‘पुजार सार्की’को मैतबहादुरसम्म
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
सेक्युरिटी प्रिन्टिङ खरिदमा भ्रष्टाचार : विकललाई २ वर्ष कैद, २५ करोड जरिवाना
जेठ ८, २०८१ मंगलबार
राहुघाटको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’
जेठ ८, २०८१ मंगलबार
तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत
जेठ ८, २०८१ मंगलबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार