एनआईसी एशिया बैंकका बारेमा आएका हल्ला निराधार रहेको भन्दै अन्य वाणिज्य बैंकहरु भन्दा सबै परिसूचकहरुमा अगाडि
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
फागुन ४, २०८० शुक्रबार १३:५४:३८
![](https://nepalbahas.prixacdn.net/media/albums/NIC-ASIN_bGZgE3EpgW_1l7bRtOok1.jpg)
४ फागुन, काठमाडौं । एनआईसी एशिया बैंकका बारेमा बजारमा चलेका अनेकन् अफबाह र अडकलबाजीहरुका बीच आज बैंकले आफ्नो पछिल्लो वित्तीय अवस्थाका बारेमा जानकारी सार्वजनिक गरेको छ । एनआईसी बैंक डुब्न लागेको, मुद्दती र वचत निक्षेप गर्ने ग्राहकहरूले धमाधम रकम निकाल्न लागेको लगायतका हल्लाखल्लाका बीच बैंकले पुस मसान्तसम्मको वित्तीय परिसूचकहरु सार्वजनिक गरेको हो ।
नेपालका अन्य वाणिज्य बैंकहरू भन्दा एनआईसी एशिया बैंक सबै परिसूचकहरुमा अगाडि रहेको तथ्याङ्क सार्वजनिक गर्दै देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बन्दै वाणिज्य बैंकहरुमध्ये उत्कृष्ट बैंक मध्येमा पर्न सफल भएको दावी गरेको छ । जसमा समग्र वाणिज्य बैंकिङ क्षेत्रको औसत कुल कर्जा रकम ३७ प्रतिशत, कुल निक्षेप ४४ प्रतिशत र वासलातको आकार ३४ प्रतिशतले बढी रहेको जनाएको छ । आफ्ना गाहकहरूलाई हल्लाका पछि लागेर नआत्तिन आग्रह गर्दै बैंकले प्रतिशेयर आम्दानी अन्य वाणिज्य बैंकको भन्दा ७० प्रतिशतले बढी रहेको जनाएको छ ।
त्यसैगरी बैंकको तरलता अनुपात २७.२८ प्रतिशत र कर्जा–निक्षेप अनुपात ७७.१८ प्रतिशत रहेको र डिजिटल बैंकिङ्ग कारोवार तर्फ No. of Transaction, Transaction Volume, Customer Base, Digital Transaction Ratio लगायतका परिसूचकहरुमा पनि बैंक सर्वोत्कृष्ट बन्न सफल भएको उसको दावी छ ।
मुलुकको अर्थतन्त्रमा देखिएको शिथिलताको बाबजुद वित्तीय क्षेत्रमा आज हामी जहाँ छौं, जे छौं र जस्तो आकारको छौं त्यसको सम्पूर्ण श्रेय आफ्ना ग्राहकहरूलाई जाने बताउँदै विज्ञप्तिमा अनुकरणीय अनुभव सहितको बैंकिङ सेवा एवं सुविधाहरु प्रदान गर्दै सबै सरोकारवालाहरुको पहिलो रोजाइको बैंक बन्नको लागि सबै सरोकारवालाहरुको हित संरक्षण र संवर्द्धन गर्न मन, वचन र कर्मले अहोरात्र खटिरहने अठोट व्यक्त गरेको छ ।
बैंकले जारी गरेको आर्थिक वर्षको पौष मसान्तसम्मका प्रमुख वित्तीय परिसूचकहरुः
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिटिजन्स बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आइभीएफमा विशेष छुट
माघ ३०, २०८१ बुधबार
कुमारी बैंकका ग्राहकहरुलाई अप्टिक आइजका सेवाहरुमा विशेष छुट
माघ २९, २०८१ मंगलबार
सिटिजन्स बैंकको १९८औं शाखा काठमाडौंको पानीपोखरीमा
माघ २९, २०८१ मंगलबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्रीले लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने
फागुन ४, २०८१ आइतबार