सागरनाथ वन विकास परियोजनाका प्रमुख शिवेन्द्र प्रसाद चौधरीकै मिलोमतोमा बहुमूल्य जातका काठ तस्करी
नेपालबहस संवाददाता
फागुन ४, २०८० शुक्रबार १४:१८:२०
४ फागुन, सर्लाही । सर्लाहीको राष्ट्रिय वनमा दर्जनौं बहुमूल्य जातका साल काठ काटिएका छन् । सर्लाहीको सागरनाथ वन विकास परियोजना भित्रको सागरनाथ, हातीलेद, मूर्तीया जंगलमा व्यापक काठ तस्करी भएको छ ।
सागरनाथ वन विकास परिवजना सूरु भएको ४५ बर्ष पूगेको छ । सिसौ मसला लगायत छिटो हुर्कने प्रजातिका बिरुवा रोपी काठ उत्पादन बढाउने उद्देश्यले २०३५ सालमा सरकारले यो परियोजना सुरु गरेको हो । परिवजनाले सर्लाही महोत्तरी र रौतहट जिल्लामा करिब १३ हजार ५ सय हेक्टर वन क्षेत्र ओगटेको छ । विकास समिति ऐन २०१३ मा टेकेर सरकारले २०३३ सालमा वन पैदावार विकाश समिति गठन गर्यो । २०३५ सालमा साउन ११ गतेको आदेशको पहिलो संशोधन भएपछि वन पैदावार विकाश समितिअन्तर्गत सागरनाथ वन परिवजना स्थापना भएको हो ।
परियोजना क्षेत्रमा तस्करीहरुले व्यापक वन फँडानी गरेकोे छ । स्थानीयबासीका अनुसार सागरनाथ वन विकास परियोजना निमित्त कार्यालय प्रमुख शिवेन्द्र प्रसाद चौधरीकै मिलोमतोमा सो क्षेत्रमा खयर साल टिकका रुख काटिएका छन् । सर्लाहीमा परियोजनामार्फत् नै संरक्षण गरिएका वनहरुमा अहिले तस्करको चहलपहल बढेको आरोप छ । वन कर्मचारीसँगको सेटिङमा सागरनाथ वनमा तस्करले गतिविधि बढेको स्थानीय नागेश्वर महताले बताए । वन फडानीका गतिविधि बढ्दा पनि परियोजना निमित्त कार्यालय प्रमुख चौधरी मौन समर्थन जनाइरहेको स्थानीय बताउँछन् ।
सागरनाथ वन विकास परियोजनाको सागरनाथ, हातीलेद,मुर्तीया जंगलमा अवस्थित परियोजना क्षेत्रमा दिनहू तस्करहरुले वन फँडानी गरेको पाइएको छ । हातीलेद वन कार्यालयको क्षेत्रमा पर्ने महोत्तरिको जंगलमा बहुमूल्य जातका खयरका रुख काटिँदासमेत वन कर्मचारीले कुनै वास्ता नगरेको स्थानीय बासिन्दाले बताएका छन् । सागरनाथ वन विकास परियोजना अन्त्रगतको हातीलेदका वन ब्यबस्थापन शाखाका शाखा प्रमुख विधाशागर कर्णकै मिलेमतोमा बहुमूल्य जातका साल खयर टिक लगायतका काठ काटिएका छन् ।
वन बिकाश परियोजनामा दिउँसो र राति वन गस्तीका लागि वन हेरालु राखिएको छ । तर, उनीहरु वन नै नगई परियोजनामै समय बिताएका छन् । पूर्व(पश्चिम राजमार्ग नजिकै सालका रुख काटिएको छ । रुख कटानी भएका क्षेत्रमा ट्र्याक्टर हिँडेको टायरका छाप स्पष्टसँग देखिछ । तस्करहरुले वन कर्मचारीहरु सँग सेटिङ मिलाएर रुख काट्ने र ओसारपसार गर्ने गरेको स्थानीय रामबली पन्डितले बताएका छन ।
सागरनाथ वन विकास परियोजना निमित्त प्रमुख चौधरि सहित परियोजनाका रेन्जर र वन हेरालुहरु मौन देखिनु ले उनीहरुको संग्लग्नतामा परियोजना भित्रको सागरनाथ,हातीलेद, मुर्तीया जंगलमा व्यापक काठ तस्करी भएको पाइएको स्थानीयले बताएका छन् । वन कर्मचारीकै सेटिङमा सर्लाहीको मुख्य बाटो भएर जिल्लाबाहिर काट पुग्दासमेत परियोजना कर्मचारीले थाहा नपाएझैँ गर्ने गरेको छन् ।
परियोजनामा काठ तस्करी हुँदा समेत निमित्त कार्यालय प्रमुख चौधरी र हातीलेदका वन व्यवस्था शाखाका शाखा प्रमुख कर्ण मौन बस्नुले धेरै शंका उब्जाएको छ । परियोजनाका निमित्त प्रमुख कर्णले परियोजना परिसरमा थुपारेर राखिएको काठ बिक्री नहुँदा तलव खान नपाएको बताए ।
वन ऐन, २०७६ मा राष्ट्रिय वन फाँड्ने कसुर गर्नेलाई पाँच वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ । तर, कानुन पालना गराउने निकाय एवं व्यक्तिहरुले खासै चासो नदिँदा तस्करहरुको मनोवल बढ्दै गइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहाकालीमा बेपत्ता मजदुरको अवस्था अज्ञात
असोज १४, २०८१ सोमबार
पूर्वमुख्यमन्त्री राईद्वारा प्रकाशलाई जग्गा प्रदान
असोज १३, २०८१ आइतबार
नख्खु खोलाबाट तीन जनाको उद्धार गर्ने चणिकलाललाई सुदन किराँतीले गरे सम्मान
असोज १३, २०८१ आइतबार
स्थलगत रिपोर्ट : दुःख दिएन यसपटक नारायणगढ–मुग्लिन सडकले
असोज १४, २०८१ सोमबार
स्थलगत रिपोर्ट : हेवाको पुल बगेपछि ताप्लेजुङमा सामान ढुवानीमा कठिनाइ
असोज १४, २०८१ सोमबार
कांग्रेसले विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनामा समन्वय गर्ने
असोज १४, २०८१ सोमबार
तारकेश्वरका अमिन चौलागाई घुस रकमसहित पक्राउ
असोज १४, २०८१ सोमबार
एभरेष्ट महिला भलिबल लिग: कर्णालीको विजयी शुरुवात
असोज १४, २०८१ सोमबार
मन्त्रिपरिषद् बैठक: तीन दिन राष्ट्रिय शोक घोषणा
असोज १४, २०८१ सोमबार