जब ससुराको शुक्रकिटबाट बुहारीले सन्तान जन्माइन, बेलायतमा सुरू भयो नयाँ बहस
नेपालबहस संवाददाता
फागुन ५, २०८० शनिबार ९:१:१२
५ फागुन, काठमाडौं । इंग्ल्यान्डका एक पुरुषले आइभिएफ खर्च गर्न नसक्ने भएपछि आफ्नी श्रीमतीलाई गर्भवती बनाउन मद्दत गर्न आफ्नै बुबाको शुक्रकीट मिसाएका छन ।
ससुराको शुक्रकिटबाट बुहारीले सन्तान जन्माएपछि बेलायतमा हंगामा भएको छ । हंगामा समुहले छोराको डिएनए परिक्षण गर्नु पर्ने भन्दै परिवारलाइ दबाब बढाएका छन । कानुनी कारणहरूका लागि व्यक्तिको नाम दिइएको छैन तर अदालतका कागजातहरूमा पीक्यूको रूपमा मात्र पहिचान गरिएको छ ।
गार्जियनका अनुसार पीक्यू र उनकी श्रीमती जेकेलाई गर्भावस्थासँग सम्बन्धित समस्या थियो। त्यसैले उनी आफ्नो बुबा 'ससुरा'को शुक्रकीटमा मिसाउन राजी भए, त्यसपछि महिलामा सुई लगाइयो। न्यायाधीशलाई यस बारे जानकारी दिइएको थियो र यसलाई सधैं गोप्य राख्ने उद्देश्य राखिएको थियो।
जसका कारण गर्भावस्था पछि महिलाले छोरालाई जन्म दिइन्, जो अहिले पाँच वर्षको छ। अदालतका कागजातको रुपमा त्यो छोराका नाम डी हो। तर, स्थानीय परिषदलाई गर्भावस्थाको अवस्थाको बारेमा जानकारी गराए लगत्तै सो बच्चाको आमाबाबुलाई पत्ता लगाउन कानुनी प्रक्रिया सुरु भएको छ, जुन निकै समस्या पर्न गएको छ ।
स्थानीय काउन्सिलले उच्च अदालत पुगेर डिएनए परीक्षण गर्न निर्देशन दिन माग गरेको छ कि डीका पिता को हुन् ? भनेर पत्ता लगाउनु पर्ने भएको छ, जसले गर्दा बेलायतमा नयाँ बहस सुरू भएको छ । तर, काउन्सिललाई यस विषयमा हस्तक्षेप गर्ने अधिकार नभएको भन्दै न्यायाधीशले बिहीबार निवेदन खारेज गरेका छन् ।
डी ले आफ्नो जैविक पिता को हो ? भनेर जान्न चाहन सक्छ, यो पछिको कुरा हो तर स्थानीय काउन्सिललाई जबर्जस्ती गरे पछि अदालतले त्यसो गर्ने अधिकार भने स्थानीयलाई दिइएको छैन। ‘बच्चाको जन्मको सही अभिलेख जान्न सार्वजनिक चासो कायम राख्ने इच्छा यस्तो निवेदनमा व्यक्तिगत चासो भन्दा बढी हुन्छ, तर यो बाध्यकारी छैन,’ न्यायाधीशले भने।
उनले आफ्नो आदेशमा भनेका छन कि बाबुको पहिचानको निर्णय परिवारको हातमा छ, बच्चाको वास्तविक बाबु को हो भन्ने कुरा बताउन डीएनए परीक्षण गराउने कि नगराउने ? उनीहरूको पारिवारिक मामिला हो तर, स्थानीय अधिकारीले खोजे झै यो बाध्यात्मक भने छैन ।, तर, ससुराको शुक्रकिटबाट सन्तान जन्माएको विषयमा बेलायतमा नयाँ चासो र बहस भने सुरू भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्पा तथा वेलनेस सेवामा जनशक्ति अभाव, माग धान्न हम्मेहम्मे
बैशाख २०, २०८१ बिहिबार
मुगुको गमगढीमा निःशुल्क स्वास्थ्य शिविरबाट दुई हजार जना लाभान्वित
बैशाख २०, २०८१ बिहिबार
खोप लगाउन छुटेका बालबालिकालाई आगामी वैशाख ३१ गते लगाउने
बैशाख १९, २०८१ बुधबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
जीबी राईको हत्या भएको भन्दै प्रचार गर्ने डिल्लीराम खनाल पक्राउ
बैशाख १९, २०८१ बुधबार
भाजपाले दिल्लीमा जनमत पार्टीलाई स्वागत गर्दा जसपा र लोसपालाई किन बोलाइएन ?
बैशाख २०, २०८१ बिहिबार
रौतहटको माधवनारायणमा आगलागी हुँदा ५ घर जलेर नष्ट, ७ लाख बढीको क्षती
बैशाख २०, २०८१ बिहिबार
देशभर इन्टरनेट सेवामा समस्या
बैशाख २०, २०८१ बिहिबार
राष्ट्रपति पौडेलद्वारा संसद अधिवेशन आव्हान
बैशाख २०, २०८१ बिहिबार
अधिकांशलाई प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर ४८ जना उपसचिवहरु सरुवा
बैशाख २०, २०८१ बिहिबार
अप्रिलमा नेपाल भित्रिने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
बैशाख २०, २०८१ बिहिबार
देशभर वन डढेलोको अवस्था विकराल बन्दै
बैशाख २०, २०८१ बिहिबार