चलचित्रकर्मीको बिमा अब १७५ रुपैयाँमै बिमा
नेपालबहस संवाददाता
फागुन ५, २०८० शनिबार १६:२:५५
५ फागुन, काठमाडौं । चलचित्रकर्मीहरुले १७५ रुपैयाँमै एक लाख सम्मको बिमा गर्न पाउने भएका छन् । सुर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनी लि। र चलचित्र संरक्षण मञ्च बिच उक्त आवधिक बिमा योजनाका बिषयमा सहमति भएको हो ।
सहमति पत्रमा चलचित्र संरक्षण मञ्चका तर्फबाट अध्यक्ष टिकाराम राखाल 'रोजन' र इन्स्योरेन्स कम्पनीको तर्फबाट बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले हस्ताक्षर गरेका छन् । हस्ताक्षर समारोहमा मञ्चका उपमहासचिव तेज गिरी सहित कम्पनीका उपमहाप्रबन्धक नरोत्तम ढकाल, कर्पोरेट सेल्स विभागका सामिन सिहं भण्डारी लगायतको उपस्थिति रहेको थियो ।
सहमतिसँगै चलचित्र संरुक्षण मञ्चले आफ्ना सदस्य चलचित्रकर्मीको बिमा प्रकृया अघि बढाएको अध्यक्ष रखालले जानकारी दिएका छन् । उनले अन्य चलचित्रकर्मीलाई पनि यो योजनाको लाभ लिन आग्रह गरेका छन् ।
चलचित्रकर्मीहरुको कामका दौरान अथवा अन्य भवितब्य घटनामा निधन भएमा परिवारलाई पर्न जाने बोझ कम गर्नको लागि बिमा प्रकृया अघि बढाइएको महासचिव तेज गिरीले जानकारी दिएका छन् । चलचित्र संरक्षण मञ्चले सहजिकरण गरि न्यूनतम एक लाख देखि अधिकत २० लाखसम्मको आबधिक विमा गर्ने योजना ल्याएको हो । यस योजनामा बार्षिक १७५ रुपैयाँ तिरेर १ लाखसम्मको विमा हुने ब्यवस्था छ भने उमेर र विमांक रकम अनुसार शुल्क फरक पर्न जाने उपमहासचिव गिरीले जानकारी दिए ।
चलचित्रकर्मीको हक, हित र संरक्षण गर्ने हेतुले स्थापित चलचित्र संरक्षण मञ्चमा पाँच सय भन्दा बढी सक्रिय सदस्यहरु रहेका छन् । मञ्चका अध्यक्ष रखालले यसबाट मञ्चमा आवद्ध सदस्यहरुलाई अत्यन्तै ठुलो लाभ मिल्ने बिश्वास लिएका छन् । यसैगरि इन्स्योरेन्स कम्पनीका वरिष्ठ प्रमुख कार्यकारी अधिकृत खड्काले चलचित्र संरक्षण मञ्च मार्फत चलचित्रकर्मीहरु सँग जोडिन पाउँदा खुशी लागेको र चलचित्रकर्मीहरुको हितमा संस्थाले साथ र सहयोग गर्ने कुरा बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपलले सार्वजनिक गरे वृद्ध उमेरमा प्रहरी मुठभेडको तस्विर
जेठ ८, २०८१ मंगलबार
चर्चित कथा वाचक साइग्रेसको कथा 'अधुरो प्रेम'मा चलचित्र बन्दै
जेठ ७, २०८१ सोमबार
प्रदीप खड्का : रोमान्टिक हिरोबाट ‘पुजार सार्की’को मैतबहादुरसम्म
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
कोलकोता आइपिएलको फाइनलमा
जेठ ९, २०८१ बुधबार
कैलाश सिरोहियालाई आजै अदालतमा पेश गरिने
जेठ ९, २०८१ बुधबार
क्यानडामा पर्यटन प्रवर्द्धन कार्यक्रम
जेठ ९, २०८१ बुधबार
जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै
जेठ ९, २०८१ बुधबार
कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बस्दै
जेठ ९, २०८१ बुधबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ९, २०८१ बुधबार