‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’ आजदेखि सुरु
नेपालबहस संवाददाता
फागुन ५, २०८० शनिबार १६:२१:३६
५ फागुन, काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्वारा आयोजित ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’ आजदेखि काठमाडौंमा सुरु भएको छ ।
नेपाल कलापरिषद् 'नेपाल आर्ट काउन्सिल' बबरमहलमा आज आयोजित चित्रकला प्रदर्शनीको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरे। प्रदर्शनीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले दिगो पर्यटन विकासका लागि यसप्रकारको अन्तर्राष्ट्रिय प्रदर्शनीले टेवा पु¥याउने विश्वास व्यक्त गरे।
“नेपाल प्रकृति र संस्कृतिमा धनी छ”, मन्त्री किरातीले भने “ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले समग्र खोटाङ जिल्लाको मुलभूत प्राकृतिक र सांस्कृति सम्पदालाई चित्रकलामार्फत उतारेर खोटाङलाई नयाँ माध्यमबाट चिनाउन सफल भएको छ । यस कार्यले प्र्रकृति र संस्कृतिमा आधारित दिगो पर्यटन प्रवर्द्धनमा योगदान पु¥याएको छ ।”
‘नगरको शान दिक्तेलको स्वाभीमान, मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला संस्कृतिको सम्मान’ भन्ने मूल नाराका साथ सुरु भएको प्रदर्शनीमा ५० देशका चित्रकारले बनाएका दुई सय चित्रहरु राखिएका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालगायत खोटाङको समग्र सांस्कृतिक, धार्मिक र पर्यटकीय क्षेत्र भल्किने चित्र प्रदर्शनी गरिएको नगरपालिका प्रमुख तीर्थराज भट्टराईले जानकारी दिए । पालिकाको भौगोलिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले उक्त प्रदर्शनी गरिएको उनले बताए । “सामाजिक उत्थानका लागि यस प्रदर्शनीले सहयोग गर्ने विश्वास लिएका छौँ”, उनले भने।
प्रदर्शनीका अवसरमा सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरिएको थियो । प्रदर्शनी यही फागुन १७ गतेसम्म सञ्चालन हुने नगर उपप्रमुख विशन राईले जानकारी दिए। उनका अनुसार गत असोज १७ देखि २१ गतेसम्म १९ विदेशी र २४ स्वदेशी गरी ४३ जना चित्रकारको सहभागितामा जिल्लाका विभिन्न क्षेत्रको अवलोकन, भ्रमण गरी स्थानीयस्तरका सांस्कृतिक, धार्मिक र पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि एक सय नौ वटा जीवन्त चित्र कोरिएको थियो ।
जिल्लाका १० वटै पालिकाको कला, संस्कृति र पर्यटनको प्रवर्द्धनका लागि प्राकृतिक, सांस्कृतिक, धार्मिक, ऐतिहासिक, भौगोलिक स्थान, क्षेत्र, स्थानीय रहनसहन र जीवनशैलीको प्रचारप्रसार गर्नु आवश्यक रहेकाले चित्रकलामार्फत उक्त काम थालिएको नगर उपप्रमुख राईले बताए । दैनिक एक हजार कला पारखीले चित्रकला प्रदर्शनीको अवलोकन गर्ने आयोजले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजापानको मात्सुमोतो नगरका प्रमुख योशिनाओ काठमाडौंको अवलोकन भ्रमणमा
कात्तिक २८, २०८१ बुधबार
नेपालको विकास प्रयासमा अष्ट्रेलियाले सघाउने
कात्तिक २७, २०८१ मंगलबार
नेता निधिद्वारा युवा सङ्कल्प यात्रालाई जनकपुरधाममा स्वागत
कात्तिक २६, २०८१ सोमबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कुसुम सेञ्चुरी
कात्तिक २६, २०८१ सोमबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
कात्तिक २८, २०८१ बुधबार
निर्मला पन्त बलात्कार प्रकरण: तीन जना सहभागी चिन्छु भन्ने को हुन गोर्खाका नवराज अर्याल ?
कात्तिक २८, २०८१ बुधबार
रविको दोस्रो दिनको बयान ८ घण्टामा सकियो, भोलि पुन: बयान लिइने
कात्तिक २८, २०८१ बुधबार
झापामा दिउँसै जङ्गली हात्ती गाउँ पस्न थालेपछि गाउँले त्रसित
कात्तिक २८, २०८१ बुधबार
नेपाल ताजिकिस्तानसँग ४-० गोल अन्तरले पराजित
कात्तिक २८, २०८१ बुधबार
सर्वाधिक कमाउने नेपाली फिल्म बन्यो 'पूर्णबहादुरको सारङ्गी’
कात्तिक २८, २०८१ बुधबार
नेपाली यू-१९ महिला टिम विश्वकपसँगै एशिया कपमा छनोट, भारत र पाकिस्तानको समुहमा
कात्तिक २८, २०८१ बुधबार
युएईमाथि ऐतिहासिक जित निकाल्दै नेपाल विश्वकपमा छनोट
कात्तिक २८, २०८१ बुधबार