नेदरल्याण्ड्विरुद्ध नेपालको शानदार जित [ फोटोफिचर ]
नेपालबहस संवाददाता
फागुन ५, २०८० शनिबार १६:३८:४८
५ फागुन, काठमाडौं । नेपालले नेदरल्याण्ड्विरुद्ध शानदार जित हासिल गरेको छ । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज यहाँ भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई नौ विकेटले पराजित गर्दै दुई अङ्क जोड्यो । जारी प्रतियोगिताको पहिलो खेलमा नामिबियासँग चार विकेटले पराजित भएको नेपाल आजको खेलमा नेदरल्याण्ड्समाथि हावी भयो ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले ३९ ओभरमा सबै विकेट गुमाउँदै एक सय ३७ रनमा सीमित भयो । नेदरल्याण्ड्सलाई सस्तैमा समेट्ने क्रममा कुशल भुर्तेलले चार विकेट लिए भने ललित राजवंशीले दुई विकेट लिए । साथै कप्तान रोहित पौडेल र सोमपाल कामीले एकरएक विकेट लिए । नेदरल्याण्ड्सका दुई ब्याटर रनआउट भए ।
नेदरल्याण्ड्सको पारीको सुरुआत राम्रो भएन । चार रनमा पहिलो विकेट गुमाएको उसले १८ रनमा दोस्रो विकेट गुमायो । साथै ५६ रन छँदा नेदरल्याण्ड्सले तेस्रो, ६७ रनमा चौथो ९७ रनमा पाँचौँ, ९९ रनमा छैटौँ, एक सय एक रनमा सातौँ र एक सय २२ रनमा आठौँ विकेट गुमायो । त्यसैगरी एक सय २७ रनमा नवौँ र एक सय ३७ रनमा अन्तिम विकेट गुमायो । उसका लागि कप्तान स्टक एड्वार्डसले सर्वाधिक ३३ रन बनाए भने साइब्राण्ड एंगलब्रेक्टले २३ र बास डे लिडेले २७ रनको योगदान दिए ।
एक सय ३८ रनको लक्ष्य नेपालले १५ दशमलव दुई ओभरमा एक विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि ओपनर कुशल भुर्तेलले २८ रन बनाए भने आशिफ शेख र अनिल साहले अर्धशतकीय पारी खेले । आशिफले ५४ रन र साहले ५७ रनको योगदान दिए । नेदरल्याण्ड्सका भिभिआन किङ्माले एक विकेट लिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यूजील्याण्ड श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा फलोअनमा
असोज १२, २०८१ शनिबार
आईपीएल टिम कोलकोताको मेन्टर बने ब्राभो
असोज ११, २०८१ शुक्रबार
नेपालले क्यानडा र ओमानसँग त्रिकोणात्मक टी-२० सिरिज खेल्ने
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
नारायणगढ-मुग्लिङ्ग सडकको ९ किलोमा सडक भासियो
असोज १२, २०८१ शनिबार
आइतबारदेखि तीन दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई सरकारको आग्रह
असोज १२, २०८१ शनिबार
विपद् प्रतिकार्यको लागि सशस्त्र प्रहरीबाट १० हजार ५ सयभन्दा बढी जनशक्ति परिचालन
असोज १२, २०८१ शनिबार
कोशी ब्यारेजमा पानीको सतह बढ्दै, आकस्मिक बाहेकका सवारी साधनलाई रोक
असोज १२, २०८१ शनिबार
नेता शेखर कोइरालाको प्रश्न: नागरिक बगेको घट्नाले राज्यलाई अलिकति पनि छोएन ?
असोज १२, २०८१ शनिबार
काठमाडौंबाहिरका आठ विमानस्थलमा आन्तरिक उडान सञ्चालन
असोज १२, २०८१ शनिबार
घाइतेको निःशुल्क उपचार गर्न सबै स्वास्थ्य संस्थालाई मन्त्रालयको निर्देशन
असोज १२, २०८१ शनिबार