चेर्दुङबाट आँखै अगाडि गौरीशंकरदेखि सगरमाथा !
नेपालबहस संवाददाता
फागुन ५, २०८० शनिबार १७:१५:१३
मनिष अर्याल / नेपाल फोटो लाइब्रेरी
५ फागुन, दोलखा । घुम्ने मौसम पनि बिस्तारै सुरु हुँदै छन । वसन्तऋतुको आगमनसँगै मौसममा सुधार आउन साथ नया पालुवाको सुरुवात हुन्छ । यस्तै मौसममा काठमाडौंबाट कतै नजिकै घुम्न जाने स्थानहरु थुप्रै छन । गाडीमा ड्राइभ होस या हाइकिङ , ट्रेकिङ अब विस्तारै पर्यटकिय क्षेत्रहरू भरि भराउ हुन सुरु हुन्छ । काठमाडौंबाट नजिकको कुनै ठाउँ सोच्नु भएको छ भने एक दिन ड्राइभमा पुगिन सकिने र केहि घण्टाको पैदल यात्रामा आफ्नो आखै अगाडी गौरीशंकरदेखि सगरमाथा ,नुम्बुर सम्म देखिने स्थान हो चेर्दुङ ।
चेर्दुङ, नेपालकै स्वीजरल्याण्डको उपनामले चर्चित नगरी दोलखा जिल्लाको जिरीको शिर भएर उभिएको सुन्दर डाँडा हो । जिरीलाई काखमा राखेर चेर्दुङ डाँडाले अभिभावकत्वको भूमिका निभाईरहेको । समुन्द्र समहबाट करिब ३७०० मिटरको उचाईमा रहेको यस चेर्दुङ प्राकृतिक रूपमा मनोरमको धनी हुनुका साथै हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तिर्थस्थल ।
डाँडाको सुन्दर पाखामा खुल्ला आकाश मुनी महादेव शीला छ । जहाँ भक्तजनले चढाएका त्रिशूल नै त्रिशूल छन्। ध्वजा तथा खाताले शीलालाई सिँगारिएको छ । वरिपरि लुङ्दर टाँगिएको छन्। चण्डी पूर्णिमा र राम्बोले पूर्णिमामा यहाँ विशेष मेला लाग्दछ । यहाँ पूजा गर्नाले रोग व्याधी नलाग्ने, चिताएको पुग्ने र जंगली जनावरले दुःख नदिने जनविश्वास रहेको पाईन्छ। बौद्धमार्गीको उठ्ने लामाको पनि कथा चेर्दुङसँग जोडिएको छ ।
चेर्दुङ डाँडैबाट सगरमाथाको चुचुरो देखिनुका साथै गौरीशंकर र नुम्बुर हिमाल आँखै अगाडि ठोकिन पुग्छन्। रामदुङ, छेकिगो, टासीलाप्सा, आमाबामरेजस्ता दर्जनौं हिमशृंखलाको मनोरम दृश्य देख्न सकिन्छ । डाँडाबाट दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौं, सिन्धुली, ओखलढुंगा, सोलुखुम्बुु लगायतका दृश्य हेर्न पाईन्छ । डाँडैबाट सूर्योदय र सूर्यस्तको आनन्द लिन सकिन्छ । बाटोमा चेर्दुङ नपुग्दै बाटोमा क्याङसे पोखरी रहेको छ ।
उक्त पोखरी सानो भए पनि मनै लोभ्याउने छ । रूखको छायाँमा बसेको सुन्दर पोखरी क्याङ्से नजिकै सानो चौरी गोठहरू पाईन्छ । वरिपरी रूखहरू भएता पनि पोखरीमा रूखको पातहरू खसेपछि कुनै न कुनै चरा आएर लिएर जाने गरेकाले त्यस पोखरीमा पात हुँदैन । यहीँ पोखरीमा चौरीले पानी पिउँदा रहेछन् ।
जिरी बजारबाट करिब ३–४ घण्टाको पैदल दूरीमा रहेको यो पोखरीसम्म गाडीमा जाने हो भने करिब १ घण्टामै पुगिन्छ । यहाँ पोखरी वरपरको सुन्दर हरियाली पाखा पखेरासँगै चराचुरूङ्गीका भाका सुन्न पाइन्छ। यहाँ गोठमा छुर्पी बनाईरहेको हेर्न र चाख्न पनि पाईन्छ। यहाँ पोखरीमा पूजा गर्नाले दैवी विपत्ती नआउने, मौसम राम्रो हुने र आकाश खुल्ने जनविश्वास रहेछ।
कसरी पुग्ने चेर्दुङ
जिरी नगरपालिकाको धेरै ठाउँबाट चेर्दुङ पदयात्रा गर्न सकिन्छ । विशेषतः (पैदल यात्रा ६,७ घण्टा) जिरीबजार–गोकुलगंगा पार्क–रमिते डाँडा–पटासे डाडा–क्याङ्से पोखरी–चेर्दुङ
मोटरबाटो (१ देखी २ घण्टा)
जिरी बजार –रातमाटे–कुथामे–जोरमाने–क्याङ्से पोखरीसम्म अनि त्यहाँबाट ३ घण्टा पैदल यात्रा पछि चेर्दुङ डाँडा पुग्न सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमर्स्याङ्दी जलाशयमा मोटरबोट चढ्ने आकर्षण
बैशाख १४, २०८१ शुक्रबार
भरतपुरका होटलले पर्यटकलाई छुट दिने
बैशाख १४, २०८१ शुक्रबार
धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
व्यवसायी घराना ज्योति समूहमाथि चौधरीको आक्रमण, मोटोकर्पका सबै कारोबारमा सिजीको हस्तक्षेप
बैशाख १५, २०८१ शनिबार
हिमालयन बैंकका सीईओको वार्षिक तलब, भत्ता २ करोड माथि, शेयरधनीलाई छैन लाभांश !
बैशाख १५, २०८१ शनिबार
इलामको एउटा मतदान केन्द्रमा २ घण्टासम्म नक्कली मतपत्रमा मतदान
बैशाख १५, २०८१ शनिबार
बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते
बैशाख १५, २०८१ शनिबार
कुम्भ मेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता
बैशाख १५, २०८१ शनिबार
मुग्लिन पोखरा सडक: पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति
बैशाख १५, २०८१ शनिबार
हेमन्त ‘कान्छा’ र लोचन भट्टाराईको प्रस्तुतिमा पुनः ‘जाउँ साइँली बेनी बजार’ रेकर्ड
बैशाख १५, २०८१ शनिबार
उपप्रधान एवं स्वास्थ्यमन्त्री यादव अमेरिका प्रस्थान
बैशाख १५, २०८१ शनिबार
लगानी सम्मेलनः विगतको तुलनामा यसपटक फरक के ?
बैशाख १५, २०८१ शनिबार