कागेश्वरी मनोहरा पर्यटन महोत्सव फागुन ७ गते हुने
नेपालबहस संवाददाता
फागुन ५, २०८० शनिबार १७:१८:५७
५ फागुन, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले धार्मिक, सांस्कृतिक, पर्यापर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले यही फागुन ७ गते ‘कागेश्वरी मनोहरा पर्यटन महोत्सव’ आयोजना गर्ने भएको छ ।
नगरपालिकाले आज यहाँ पत्रकार सम्मेलन गरी यस वर्ष कागेश्वरीधाममा हुने १०औँ महोत्सवमा स्थानीय कृषि उत्पादन, कला, संस्कृति, धार्मिक तथा सामाजिक रीतिरिवाज, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकूदलगायतका क्षेत्रको प्रचारप्रसारमा सहयोग पुग्नेगरी रचनात्मक कार्यक्रम गर्न लागेको जनाएको छ ।
नगरप्रमुख उपेन्द्र कार्कीले धार्मिक, पर्यापर्यटन र खेलकुदका हिसावले अत्यन्त सम्भावना रहेको कागेश्वरी मनोहरा नगरपालिकाका सबै वडा अध्यक्षको संयोजकत्वमा विभिन्न विषयगत उपसमिति गठन गरी महोत्सव तयारी गरिरहेको जानकारी दिँदै उपस्थितिका लागि सबैसँग अनुरोध गरे ।
महोत्सवका अवसरमा राष्ट्रियस्तरका कलाकारको प्रस्तुतिसहित स्थानीय कृषि उत्पादन मेला, शैक्षिक तथा सांस्कृतिक प्रदर्शनी, भजनकीर्तन, स्वास्थ्य शिविर, पर्यापर्यटन, नवप्रवद्र्धनात्मक गतिविधि र उद्यमशीलताको विकास एवं प्रबर्द्धनसँग सम्बन्धित कार्यक्रम हुने प्रमुख कार्कीले बताउनुभयो ।
महोत्सवमा छिमेकी गोकर्णेश्वर र शङ्खरापुर नगरपालिकासहित ५० हजार काठमाडौं उपत्यकाबासीको उपस्थिति हुने अपेक्षा गरिएको छ । कागेश्वरी मनोहरा नगरपालिकाले २०७२ सालदेखि नियमितरूपमा महोत्सव आयोजना गर्दै आएइको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘आवश्यकताका आधारमा योजना छनोट गर्नुपर्ने’
पुष १०, २०८१ बुधबार
रामेछापमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी
पुष ९, २०८१ मंगलबार
हिउँदमा पनि हटेन वाग्मती करिडोरको कालो पुलमुनि पानी जम्ने समस्या
पुष १, २०८१ सोमबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार