भारतीय फिल्म ‘देवारा’ आगामी दशैंको फूलपातीमा रिलिज हुने
नेपालबहस संवाददाता
फागुन ५, २०८० शनिबार २२:५:५२
५ फागुन, काठमाडौं । जुनियर एनटीआर, सैफअली खान र जान्ह्वी कपुर स्टारर प्रतीक्षित भारतीय फिल्म ‘देवारा’ आगामी दशैंको फूलपातीमा रिलिज हुने भएको छ ।
निर्माताले शुक्रबार पोस्टर सार्वजनिक गर्दै १० अक्टोबर 'असोज २४'गतेलाई रिलिज मिति घोषणा गरेका हुन् । दुई भागमा प्रदर्शन हुने यो फिल्मलाई दक्षिण भारतको प्रतीक्षित फिल्मको सूचीमा राखिएको छ ।
दशैं छेकोमा पाँच नेपाली फिल्मले प्रदर्शनको घोषणा गरिसकेका छन् । जसमा दीपकराज गिरीको ‘छक्कापञ्जा ५’, नीता ढुंगानाको ‘ह्रस्वदीर्घ’, सन्तोष सेनको ‘बलिदान’, निश्चल बस्नेतको ‘बेहुली फ्रम मेघौली’ र दिनेश राउतको ‘गाउँ नै रमाइलो’ दशैंमा आउने बताएका छन् ।
दक्षिण भारतीय स्टारको फिल्म आउँदा यसले नेपाली बक्स अफिसमा स्वदेशी फिल्मलाई चुनौती हुने देखिन्छ । किनभने पछिल्ला वर्षहरुमा भारतीय फिल्मका कारण नेपाली फिल्मले मार खेप्दै आएका छन् । ‘देवारा’को कुरा गर्दा यो तेलुगू भाषाको एक्सन(ड्रामा फिल्मलाई कोर्ताला सिवाले निर्देशन गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
रणवीर कपुरको ‘रामायण’मा सनी देओल देखिने
मंसिर २५, २०८१ मंगलबार
अग्रिम बुकिङबाट नै ‘पुष्पा २ः दि रूल’ ले कमायो ५५ करोड
मंसिर १८, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर २८, २०८१ शुक्रबार
दुर्गा सिंह र भरतबहादुर बोहोरा एआईजीमा बढुवा सिफारिस
मंसिर २८, २०८१ शुक्रबार
काठमाडौंमा उच्च प्रभाव सामुदायिक विकास परियोजना हस्तान्तरण
मंसिर २८, २०८१ शुक्रबार
गण्डकी प्रदेशसभा सदस्य थापाले लिइन् शपथ
मंसिर २८, २०८१ शुक्रबार
पोखरा महानगरपालिमा एक हजार एक सय ९१ दरबन्दी कायम
मंसिर २८, २०८१ शुक्रबार
कांग्रेस महामन्त्री शर्मासहित पाँच युवाद्वारा लोबुचे हिमाल आरोहण
मंसिर २८, २०८१ शुक्रबार
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार