आइतबार राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
नेपालबहस संवाददाता
फागुन ६, २०८० आइतबार ८:१६:२३
६ फागुन, काठमाडौं। आइतबार राष्ट्रिय सभा बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११.०० बजे बोलाइएको छ । आजको बैठकमा राष्ट्रियसभामाको अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने छन् ।
प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापति मायाप्रसाद शर्माले ‘प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको वार्षिक प्रतिवेदन २०८० पेश कार्यसूची रहेकाे छ ।
राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दीलकुमारी रावल थापा (पार्वती) ले राष्ट्रिय सरोकार तथा समन्वय समिति तहगत अन्तरसम्बन्ध र सबन्ध विषयक अध्ययन प्रतिवेदन २०८०’ पेस गर्नेछन् ।
विधायन व्यवस्थापन समितिका सभापति जयन्ती देवी राईले ‘विधायन सम्बन्धी विधेयक २०८०’ को प्रतिवेदन पेश गर्नेछन् भने कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) निवारण तथा व्यावसायिक वातावरण प्रबर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने तालिका रहेकाे छ ।
साथै, उपप्रधानमन्त्री तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले ‘अध्यागमन विधेयक २०७६ फिर्ता गरियोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गरिने महासचिव पदम प्रसाद पाण्डेयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
पुष ५, २०८१ शुक्रबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
मालढुङ्गा–बेनी सडक कालोपत्र गरिँदै
पुष ५, २०८१ शुक्रबार
नयाँ मारुती स्विफ्टको मूल्य कति छ ?
पुष ५, २०८१ शुक्रबार
मौसम छल्न आएका ठुलोजलेवा चरा
पुष ५, २०८१ शुक्रबार
गहुँको बीउ नपाएर हैरान भएका किसानलाई राहत
पुष ५, २०८१ शुक्रबार
भक्तपुर अस्पतालमा ‘सिटी स्क्यान’ र ‘मेमोग्राम’ सेवा सञ्चालनको तयारी
पुष ५, २०८१ शुक्रबार