नेपाल एले क्यानडालाई दियो २१७ रनको लक्ष्य
नेपालबहस संवाददाता
फागुन ६, २०८० आइतबार १३:३:५४
६ फागुन, काठमाडौं । एकदिवसीय क्रिकेटमा नेपाल एले क्यानडालाई २१७ रनको लक्ष्य दिएको छ । क्यानडाले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।
मुलपानीमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २१६ रन बनायो । बसिर अहमेदको अर्धशतकप्रेरित नेपाल ‘ए’ ले तीन खेलको एकदिवसीय शृंखलाअन्तर्गत पहिलो खेलमा क्यानडा–११ सामु २१७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
आइतबार मूलपानीस्थित क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको नेपाल ‘ए’ निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २१६ रनको योगफल खडा गर्यो ।
नेपालका बसिर अहमेदले ५० रन बनाए । उनले ५५ बलमा तीन चौका र एक छक्का प्रहार गरे । १३६–६ को अवस्थाबाट बासिरले विवेक यादवसँग सातौँ विकेटका लागि ९७ रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक योगफलसम्म डोहो¥याएका हुन् । विवेकले ३४ बलमा एक चौका र एक छक्कासहित २१ रन थपे ।
यस्तै, राशिद खानले ४० रन बनाए । राशिदले ६६ बलमा पाँच चौका प्रहार गरे । ६–४ को अवस्थाबाट राशिदले किरण ठगुन्नासँग पाँचौँ विकेटका लागि चार रनको साझेदारी गर्दै नेपालको इनिङ सम्हालेका थिए । किरणले टिमको खातामा ३२ बलमा तीन चौकासहित २५ रन थपे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
मंसिर १०, २०८१ सोमबार
एसिया कप क्रिकेट खेल्न १५ सदस्यीय टोली घोषणा
मंसिर ९, २०८१ आइतबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
पाँचखालमा ‘सेज’ निर्माण सुस्त
मंसिर १०, २०८१ सोमबार
आज पनि हेर्न नभ्याइनेमा पर्यो जग्गादानविरुद्धको रिट
मंसिर १०, २०८१ सोमबार
अफगानिस्तानमा गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार
बारुती सुरुङ खतराका लागि सबैभन्दा जोखिम युक्त देश म्यानमा : राष्ट्रसंघ
मंसिर १०, २०८१ सोमबार
शे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार