एआईलाई शिक्षासँग जोड्न ब्रिटिस कलेज र प्रिक्सा टेक्नोलोजीबीच रणनीतिक सहकार्य
नेपालबहस संवाददाता
फागुन ६, २०८० आइतबार १४:१६:३
६ फागुन, काठमाडौं । काठमाडौंको द ब्रिटिस कलेज 'टीबीसी' र प्रिक्सा टेक्नोलोजीबीच साझेदारी 'एमओयूम' मा हस्ताक्षर भएको छ । आर्टिफिसिएल इन्टेलिजेन्स 'एआई' तथा मेसिन लर्निङलाई शिक्षासँग जोड्न ब्रिटिस कलेज र प्रिक्सा टेक्नोलोजीबीच रणनीतिक सहकार्य भएको हो ।
यो सहकार्यसँगै प्रिक्सा टेक्नोलोजीले अब ब्रिटिस कजेलमा एआई, मेसिन लर्निङ, डेटा साइन्स, क्लाउड प्रविधि लगायतका विषयमा विशेष शत्रहरू सञ्चालन गर्नेछ । यस सहकार्य बारे प्रिक्सा टेक्नोलोजीका निर्देशक अनिरुप घिमिरेले नयाँ प्रतिभाको विकास गर्न र सूचना प्रविधिको क्षेत्रमा नवीनतालाई बढावा दिने बताए ।
‘द ब्रिटिश कलेजसँगको रणनीतिक साझेदारी गर्न पाउँदा हर्षित छौं,’ उनले भने, ‘यो सहकार्यले विद्यार्थीहहरूलाई सूचना प्रविधिको क्षेत्रमा सशक्त बनाएर अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने छ ।’ यस्तै ब्रिटिस कलेजको स्कूल अफ कम्प्युटिङका प्रमुख डा। रोहित पाण्डेले सीपयुक्त विद्यार्थी तयार गर्ने योजना अनुसार प्रिक्सा टेक्नोलोजीसँग सहकार्य गरेको बताए ।
‘विद्यार्थीहरूलाई बजारका लागि योग्य बनाउन विभिन्न संस्थासँग सहकार्य गर्दै आएका छौं । त्यसैअनुसार प्रिक्सासँग साझेदारी भएको हो,’ पाण्डेले अगाडि भने । प्रिक्साले बिट्रिस कलेजमा एआई, मेसिन लर्निङ सम्बन्धि कक्षाका साथै विभिन्न वर्कशप समेत सञ्चालन गर्ने जनाएको छ । विशेष गरी यसबाट बिट्रिस कलेजमा एम्एससीरबीएससी कम्प्युटर साईन्स 'एआई' मा भर्ना हुने विद्यार्थीहरुलाई फाइदा हुने कलेजले जनाएको छ ।
ब्रिटिस कलेजले युनिभर्सिटी अफ द वेस्ट अफ इङ्गल्याण्डको सहकार्यमा यसैवर्षदेखि एआई स्पेसिलाइज्ड चार वर्षे एम्एससीरबीएससी कम्प्युटर साईन्स सुरू गरेको छ । प्रिक्सा टेक्नोलोजीले यसअघि नै पुल्चोक ईन्जिनियरिङ क्लेजमा स्नातक र स्नाताकोत्तरमा एआई कोर्ष अध्यापन गराउँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटर्कीएको पहिलो ‘सञ्चार उपग्रह’ सफलतापूर्वक आफ्नो कक्षमा पुग्यो
पुष १३, २०८१ शनिबार
अमेरिका र भारतले शक्तिशाली पृथ्वी–अवलोकन उपग्रह प्रक्षेपण गर्ने
पुष ६, २०८१ शनिबार
इन्स्टाग्राममा नयाँ एआई उपकरणहरू आउँदै, अब भिडियोहरू तुरुन्तै परिवर्तन हुने
पुष ५, २०८१ शुक्रबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
क्रूर नरसंहारमा भाग लिने हमास लडाकूहरूलाई मार्ने इजरायलको घोषणा
पुष १५, २०८१ सोमबार
गोरु जुधाइ प्रतियोगिता
पुष १५, २०८१ सोमबार
किवीको 'जाम' र 'वाइन' बनाउँदै दुप्चेश्वर गाउँपालिका
पुष १५, २०८१ सोमबार
चिसोका कारण हुने बिरामीको सङ्ख्यामा वृद्धि, सावधानी अपनाउन आग्रह
पुष १५, २०८१ सोमबार
युक्रेनमा पश्चिमी शान्ति सैनिकको रुसद्वारा विरोध
पुष १५, २०८१ सोमबार
च्याउको गुणस्तरीय बिउ उत्पादनमा ध्यान दिन कृषि मन्त्री अधिकारीको आग्रह
पुष १५, २०८१ सोमबार