सरकारलाई दवाव दिन देशभरबाट हिडेर काठमाडौं आइपुगे मिटरब्याज पीडित [ फोटोफिचर ]
नेपालबहस संवाददाता
फागुन ६, २०८० आइतबार १५:१२:४९
६ फागुन, काठमाडौं । काठमाडौंलाई आफ्ना मागहरु सुनाउन पूर्व र पश्चिमबाट पैदल यात्रा गर्दै मिटरब्याज पीडितहरू काठमाडौं आइपुगेका छन् । देशभरबाट करिब ३ हजार पीडितहरु काठमाडौं आइपुगेका हुन् ।
संघर्ष समितिका केन्द्रीय अध्यक्ष मनिराम ज्ञवालीका अनुसार आन्दोलनमा सहभागी हुन केही आउने क्रममा छन् । करिब छ दिन लगाएर एक हजार भन्दा बढि पीडितहरु मुग्लिङबाट काठमाडौंसम्म हिँडेर दवावपुर्ण आन्दोलन गर्दै आएका छन । सरकारले समिति बनाएर केही काम नगरेकोमा पुन सरकारलाई झकझकाउन आन्दोलन गर्न आएका बर्दियाका पीडित जीवन सुनारले बताए ।
मुग्लिङबाट हिँडेका उनीहरु छ दिनको दिन हिजो साँझ थानकोट स्थित त्रिभुवन पार्कमा आएर बसेका थिए । आज उनीहरू थानकोटबाट कलंकी हुँदै तीनकुने गएर बस्ने र भोलिदेखि शान्तिपूर्ण आन्दोलन सुरु गर्न केन्द्रीय अध्यक्ष ज्ञवालीले जानकारी दिए ।
माघ १५ गते काँकडभिट्टाबाट हिँडेका मिटरब्याज पीडितहरूको समूह मंगलबार साँझ मकवानपुरको मनहरी आइपुगेको थियो । साँझ सडक किनारमा बसेर खानाको तयारी गर्दै गरेको करिब दुई सय जनाको समूह र स्थानीयबासी बीच झडप भएको थियो ।
झडपमा परी घाइते भएका १७ जनाको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार गराएका थिए । मिटरब्याज तथा ठगीविरूद्ध किसान मजदुर संघर्ष समितिका केन्द्रीय सदस्य विशाल क्षेत्रीका अनुसार मनहरी पुग्नै लागेको पैदलयात्रीको समूह नजिकै एक युवक सवार स्कुटी आएर ठोक्किएको थियो । त्यसपछि पीडित र ती व्यक्तिबीच केहीबेर विवाद चलेपछि आक्रमण गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुर्योदय वोमी लघुवित्तको लाभांश घोषणा
मंसिर ५, २०८१ बुधबार
जीवन विकास लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर बिक्रीमा
साउन ३१, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
पुष ८, २०८१ सोमबार
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
पुष ८, २०८१ सोमबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार