कृषिमन्त्री भुसालको राजीनामा माग्दै किसानले पोखे दूध
नेपालबहस संवाददाता
फागुन ६, २०८० आइतबार १५:३९:३१
६ फागुन, चितवन । चितवनका दूध किसानले कृषिमन्त्री बेदुराम भुसालको राजीनामा माग गर्दै सडकमा दूध पोखेका छन् । उनीहरुले कृषिमन्त्री भुसालले किसानको हितमा काम गर्न नसकेको भन्दै राजीनामा मागेका हुन् ।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको भरतपुरमा रहेको कार्यालयमा भेला भएका किसानहरू नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका थिए । उनीहरूले समस्या समाधानमा कृषिमन्त्री उदासीन रहेको भन्दै राजीनामा मागे ।
दूध बिक्री हुन गाह्रो भएको र बिक्री भएको दूधको पनि लामो समयदेखि पैसा नपाएको विरोधमा आइतबार चितवनका दुग्ध उत्पादक किसानहरूले सडकमा दूध पोखेर विरोध जनाए । यसअघि उनीहरूले चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई ज्ञापनपत्र बुझाउँदै किसानको समस्या तत्काल समाधान गर्न माग गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी थापालाई ज्ञापनपत्र बुझाए लगत्तै भरतपुरको केन्द्रीय बसपार्क चोक पुगेका किसानहरूले केहीबेर चक्का जाम गरेका छन् । उनीहरुले ८० लिटर दूध सडकमा पोखेका छन् ।
विभिन्न डेरी उद्योगहरूले दूध लगेवापत चितवनका किसानलाई ५२ करोड रूपैयाँ भुक्तानी नगरेको उनीहरुले बताए । चितवनमा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभालुले बाख्रा मार्न थालेपछि किसान चिन्तित
मंसिर ३०, २०८१ आइतबार
मुस्ताङमा आलु ‘जोन’सञ्चालन
मंसिर २९, २०८१ शनिबार
झापामा नौ सय ३७ मेट्रिक टन कोदो उत्पादन
मंसिर २८, २०८१ शुक्रबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
रविसहित ५१ जना प्रतिवादी, फरारको सूचीमा ३७ जना
पुष १, २०८१ सोमबार
जिल्लाको आदेश सदर गर्दै उच्च अदालतले भन्यो, बेचन झालाई थुनामै राख्नु
पुष १, २०८१ सोमबार
रविसहित ५१ जना प्रतिवादी, फरारको सूचीमा ३७ जना
पुष १, २०८१ सोमबार
नर्वेद्वारा युक्रेनी नौसेनालाई २४ करोड डलर सहयोग
पुष १, २०८१ सोमबार
जर्जिया स्की रिसोर्टमा कार्बन मोनोअक्साइड विषाक्तताबाट १२ जनाको मृत्यु
पुष १, २०८१ सोमबार
हुलाक सेवा संवेदनशील र महत्वपूर्ण छः सञ्चारमन्त्री गुरुङ
पुष १, २०८१ सोमबार