सरस्वतीको मूर्ति विवाद: उच्चश्रृंखल गतिविधि बढेपछि रौतहटमा थपियो कर्फ्यू
डीआईजीको कमाण्डमा ७ सय प्रहरी परिचालन
नेपालबहस संवाददाता
फागुन ६, २०८० आइतबार १५:४२:५२
६ फागुन, रौतहट । रौतहटको ईशनाथ नगरपालिकामा कर्फ्यु अवधिमै उच्चश्रृंखल गतिविधि हुँदा स्थानीय प्रशासनले कर्फ्यु दायरा बढाएको छ ।
ईशनाथ ७ घिउरा गाउँमा सरस्वतीको मूर्ति सेलाउन विषयमा दुई समुदाय बीच झडप हुँदा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।
सरस्वतीको मूर्ति सेलाउन लैजाने समूहमाथि शनिबार घिउरामा मुस्लिम समुदायले घरको छतबाट ढुङ्गा हान्दा स्थानीय कार्तिकेश ठाकुर लगायतका मानिस घाइते भएका थिए । झडपमा मुस्लिम तर्फ पनि घाइते भएको तर घाइतेको संख्या यकिन हुन नसकेको प्रहरीले बताएको थियो। घटना नियन्त्रण गर्न मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी यज्ञनोद पोखरेल, सशस्त्रका डीआईजी दीपेन्द्र साह समेत घटनास्थल पुगेका थिए।
स्थिति नियन्त्रणमा लिन सीिडियो हिरालाल रेग्मीले एक सूचना जारी गर्दै शनिवार साँझ ५ बजेदेखि लागू हुने गरी कर्फ्यु आदेश जारी गरेका थिए। कर्फ्यु अवधिमै उच्चश्रृंखला गतिविधि भएपछि स्थानीय प्रशासनले कर्फ्यु क्षेत्र फराकिलो बनाएको छ। कर्फ्यु जारीसँगै उक्त क्षेत्रमा नेपाल प्रहरी सशस्त्र प्रहरी गरी ७ सय जनशक्ति परिचालन गरिएको छ। अवस्था सामान्य पनि भएको थियो।
यसै बीच कर्फ्युकै अवधिमा आज आइतबार आज केही उच्चश्रृंखल युवाहरूको समूहले ईशनाथ नगरपालिका औरैया गाउँमा रहेको मस्जिदको माथि गुम्बदबाट माइक (हरन)खोलेको छ। यसरी मस्जिदको माथि रहेको माइक खोल्दा पुनः अवस्था तनावग्रस्त हुनसक्ने भएकाले प्रहरीले सजगता अपनाएको छ। जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले घटनाको पुष्टि गर्दै संलग्नको खोजी भइरहेको बताएकी छन्। कर्फ्यु अवधिमै थप साम्प्रदायिक विवाद बढ्ने सम्भावना लाई नजर गर्दै सीडियो रेग्मीले आइतवार एक सूचना जारी गर्दै कर्फ्युको दायरा फराकिलो बनाएको छ।
बन्जराह नगरपालिका वडा २, ३,४, ५, ६ र ७ मा समेत अनिश्चितकालीन कर्फ्यु जारी गरिएको छ। पूर्वमा बन्जराह मोड हनुमान मन्दिर, पश्चिम सानो घिउरा, उत्तर रामपुर खाप, र दक्षिणमा सशस्त्र प्रहरी आउट पोस्ट बोर्डर औरैयादेखि जयनगर सम्म चार किल्ला भित्र कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ। साथै यस साम्प्रदायिक विवाद लाई फैलाउने बढाउने कुनै प्रकारको तस्वीर भिडियो, स्टाटस सामाजिक सञ्जालमा नराख्न जिल्ला प्रहरी कार्यालय रौतहटले आग्रह गरेको छ।
पछिल्लो दुई तीन दिनदेखि केही मानिसहरूले ईशनाथको घटनासँग जोडिएको विभिन्न भ्रामक भिडियो तस्बिर तथा स्टाटसहरू सामाजिक सञ्जालमा देखिएकाले सामाजिक सदभाव कायम राख्न त्यस्तो गतिविधि नगर्न जिल्ला प्रहरी कार्यालय रौतहटले जिल्लावासी लाई आग्रह गरेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलिम्बू समुदायले चासोक तङनाम पर्व मनाउँदै
मंसिर ३०, २०८१ आइतबार
गढीमाई मेलामा भारतीय र नेपाली दर्शनार्थीको घुइँचो
मंसिर २४, २०८१ सोमबार
आजदेखि गढीमाई मेलामा पशु बलि शुरु , हेर्नुहोस् तस्विरमा मेलाको रौनक
मंसिर २३, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
रोशीका वडाध्यक्ष लामाको निधन
पुष ८, २०८१ सोमबार
‘सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि’
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मान जारी
पुष ८, २०८१ सोमबार