कोशीका १४ जना कांग्रेस जिल्ला सभापतिको माग, ‘प्रदेशको नामबारे महासमितिमा छलफल होस’
नेपालबहस संवाददाता
फागुन ६, २०८० आइतबार १५:५७:१९
६ फागुन, काठमाडौं । नेपाली कांग्रेसको कोशी प्रदेशका जिल्ला सभापतिहरूले प्रदेशको नामकरण विवादलाई महासमिति बैठकको मुख्य एजेण्डा बनाएर छलफल चलाउन माग गरेका छन् । उनीहरुले प्रदेश नामाकरणको विषयमा उठेको विवाद लम्बिँदै गएको भन्दै पार्टीले यसबारे ठोस धारण महासमितिको बैठकबाट दिनुपर्ने बताएका छन् ।
प्रदेशका १४ जिल्लाका सभापतिहरूले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै प्रदेशको नामबारे छलफल गर्न माग गरेका हुन् । फागुन ७ देखि १० गतेसम्मको महासमिति बैठकमा मुख्य एजेण्डाका रुपमा विषय प्रवेश गराउन अनुरोधसहित ध्यानाकर्षण गराएका छन् ।
उनीहरुले यसअघि १७ जेठमा पनि संयुक्त वक्तव्य निकालेर नाम पुनर्विचार गर्न आग्रह गरिएको स्मरण गराउँदै कोशी प्रदेश सरकारको वार्ता टोलीले अहिले आन्दोलनरत पक्षसँग वार्ता गरिरहेको र यसै अवसरमा पार्टीले पनि छलफल चलाउनु पर्ने बताएका छन् ।
जिल्ला सभापतिहरूले केही जिल्लाको महासमिति सदस्यको प्रतिनिधि रोकेकोमा आपत्ति जनाएका छन् । विवाद भएको भनेर सभापति र सम्बन्धित जिल्लामा खटाइएका निर्वाचन अधिकृतको राय समेत नलिई केन्द्रीय निर्वाचन समिति र केन्द्रीय कार्यसमितिले निर्णय गरेको उनीहरुको गुनासो छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
मंसिर ६, २०८१ बिहिबार
पहिचान पक्षधरले कोशीमा घोषणा गरे आन्दोलन
मंसिर ३, २०८१ सोमबार
जनतासँग सहकार्य गरेर काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन
मंसिर १, २०८१ शनिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
विभिन्न समूहको प्रदर्शनले आज अस्तब्यस्त बन्दै काठमाडौं, ५ हजार प्रहरी र ५ सय ट्राफिक खटाइने
मंसिर ७, २०८१ शुक्रबार
आज संघीय राजधानी काठमाडौंमा प्रधानमन्त्री ओलीको दल एमालेको शक्ति प्रदर्शन
मंसिर ७, २०८१ शुक्रबार
१३ पैसाले बढ्यो अमेरिकी डलर, युरो र पाउण्ड स्थीर
मंसिर ७, २०८१ शुक्रबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
मिथुन राशी भएकाहरुको लागि आज राम्रो समय छ
मंसिर ७, २०८१ शुक्रबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार