कांग्रेस कहिलेसम्म कम्युनिष्टको पछि लागेर हिँड्नेः वरिष्ठ नेता डा. शेखर कोइराला

नेपालबहस संवाददाता
फागुन ६, २०८० आइतबार १७:५३:२५

६ फागुन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसले भोलिबाट सुरु हुने महासमितिको बैठकमा चुनावी गठबन्धन, निर्वाचन प्रणाली र भ्रष्टाचारका विषयलाई जोडदार रुपमा उठाउनुपर्ने बताएका छन् । आइतबार महासमिति बैठकमा सहभागी हुन विभिन्न जिल्लाबाट काठमाडौं आएका महासमिति सदस्यहरूका लागि राखिएको चियापान कार्यक्रममा कोइरालाले अब कांग्रेसले एक्लै हिँड्ने आँट गर्नुपर्ने बताए ।
उनले कांग्रेस कहिलेसम्म कम्युनिष्टको पछि लागेर हिँड्ने भन्दै अब एक्लै चुनाव लड्ने समय आएको बताए । कोइरालाले भने, ‘हामी बहुमत सरकारमा छाैं तर, हाम्रो जनमत घटिरहेको छ । यसले भोलिका दिनमा असर पार्छ । भोट प्रतिशत ३४ प्रतिशतबाट घटेर २७ मा आएको छ । सरकारको नेतृत्व नगरेपनि १० मन्त्रालय हामीसँग छन् । यो विषयमा महासमिति सदस्यले बैठकमा उठाउनु पर्छ ।’
नेता कोइरालाले संसदीय व्यवस्था र मिश्रित निर्वाचन प्रणाली आपसमा नमिल्दो देखिएको बताए । एकातिर संसदीय प्रणाली छ, अर्कातिर बहुमतको सरकार बन्ने स्थिति नै छैन, उनले भने । कोइरालाले कतै हाम्रो निर्वाचन प्रणालीमै समस्या त होइन भन्दै कांग्रेसले अब यसलाई परिवर्तन गर्न पहल गर्नुपर्ने बताए । सबै दलसँग बसेर छलफल गरी निर्वाचन प्रणाली बदल्नुपर्ने उनको भनाइ छ । उनले संसदीय प्रणाली भनेकै बहुमतले शासन गर्ने भएको उल्लेख गरे । कुनै पनि दलको बहुमत आउने अवस्था नहुँदा कांग्रेसले आफ्नो मौलिकता नै गुमाउने अवस्था देखिएको उनको भनाइ छ ।
उनले अहिले महासमिति बैठकमा प्रस्तुत गरिने कतिपय प्रस्तावमा समेत गठबन्धनको छायाँ परेको बताए । कांग्रेसको मौलिकता फर्काउनु पर्ने उनको भनाइ छ । नेता कोइरालाले महासमिति बैठकबाट कांग्रेसको मौलिकता जोगाउन सक्नुपर्ने बताए । कांग्रेसले आफ्नो मौलिकता गुमाउँदा विगत निर्वाचनमा सात प्रतिशतभन्दा बढी मत गुमेको भन्दै उनले महासमिति बैठकमा गम्भीर समीक्षा गर्नुपर्नेमा जोड दिए ।
कांग्रेसको मौलिकतामा आँच नआउने गरी महासमितिका प्रस्तावहरू परिमार्जन गरिनुपर्छ । गत निर्वाचनमा कांग्रेसको सात प्रतिशतभन्दा बढी मत गुम्यो, कोइरालाले भने, यसको कारणबारे महासमितिमा छलफल गर्नुपर्छ । उनले चुनावी गठबन्धन र भ्रष्टाचारका विषयमा महासमितिले व्यापक छलफल गरेर उचित निर्णय लिनुपर्ने बताए ।
महासमिति बैठकमा प्रस्तुत गरिने प्रस्तावहरू समेत आपसमा विवादित देखिएको भन्दै उनले समन्वयमा प्रतिवेदन तयार नपारिएको सुनाए । आर्थिक सूचकांक देखाएर प्रधानमन्त्री र अर्थमन्त्रीले अर्थतन्त्र सुधार भएको दाबी गरे पनि जनताले त्यस्तो महसुस गर्न नपाएको उनको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवनमन्त्री शाहीसँग राष्ट्रसंघका आवासीय संयोजक हाम्दीको शिष्टाचार भेट
माघ २४, २०८१ बिहिबार
वित्त आयोगको वार्षिक प्रतिवेदन पेस
माघ २४, २०८१ बिहिबार
आयव्ययको अनुमान घटाइयो, सुरु विनियोजनको ९१ प्रतिशत खर्च हुने अनुमान
माघ २४, २०८१ बिहिबार
तरबारले केक काट्दा सात गुन्डा पुगे प्रहरी खोरमा
माघ २४, २०८१ बिहिबार
निकुञ्ज सुरक्षाकर्मीकै गोली लागेर चितवनमा मकुना हात्तीको मृत्यु
माघ २४, २०८१ बिहिबार
कार्यान्वयन प्रक्रियामा नगएका आयोजना स्थगित गरिने
माघ २४, २०८१ बिहिबार
राष्ट्रसंघीय मानवअधिकार परिषदबाट इजरायल अलग
माघ २४, २०८१ बिहिबार
आहा ! रारा पोखरा गोल्डकप : चर्च व्वाइज क्वाटरफाइनलमा
माघ २४, २०८१ बिहिबार
बुढासुब्बा गोल्डकप: एनआरटी फाइनलमा
माघ २४, २०८१ बिहिबार
बागमती प्रदेशसभा : अत्यावश्यक योजना समयमै निर्माण गर्न माग
माघ २४, २०८१ बिहिबार
'मकुना' हात्तीको मृत्यु प्रकरणमा सरकारले बनायो छानबिन समिति
माघ २४, २०८१ बिहिबार