गठबन्धनको विषयमा शेरबहादुर र गगनबीच हुन सकेन सहमति, छलफल निष्कर्षबिहिन
नेपालबहस संवाददाता
फागुन ७, २०८० सोमबार १३:२९:३२
७ फागुन, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच गठबन्धनको विषयमा सहमति नजुट्दा छलफल निष्कर्षविहीन भएको छ ।
महासमिति बैठक सुरु हुनुअघि सोमबार देउवा निवास बुढानिलकण्ठमा भएको छलफल सभापति देउवा र महामन्त्री थापाबीच गठबन्धनको विषयमा सहमति जुट्न नसक्दा छलफल निष्कर्षविहिन भएको हो ।
महामन्त्री थापाले चुनावमा गठबन्धन नगर्ने सहितको प्रतिवेदन बनाएपछि सभापति देउवाले त्यसलाई सच्याउन भनेका छन् । तर, महामन्त्री थापाले सभापति देउवाको आग्रहलाई अस्वीकार गरेपछि छलफल निष्कर्षविहीन भएसँगै बुढानिलकण्ठबाट नेताहरू बाहिरिएका छन् ।
सभापति देउवाले महामन्त्री थापालाई सांगठानिक प्रतिवेदनबाट चुनावअघि गठबन्धन नगर्ने भन्ने शब्द हटाउन भनेका हुन् । तर, महामन्त्री थापाले नहटाउने अडान यथावत राखेका छन् । जसकारण गत शनिबारदेखिको वार्ता निष्कर्षविहीन बनिरहेको छ ।
सोमबारबाट गोदावरीमा पार्टीको महासमितिको बैठक सुरू हुँदै छ । यसअघि सभापति देउवाले गठबन्धन कायम राख्नुपर्ने एजेण्डालाई पार्टीभित्रबाट अनुमोदन गराउने प्रयास गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री
पुष ११, २०८१ बिहिबार
राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यमा ८ जना नियुक्त
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार