ठुलो परिमाणको गाँजा बरामद
नेपालबहस संवाददाता
फागुन ७, २०८० सोमबार १३:४८:२५
७ फागुन, चितवन । चितवनमा ठुलो परिमाणको गाँजा बरामद गरेको छ । ना ३ ख ७२४० र ना ३ ख ६१२२ नम्बरको ट्रक चेकजाँच गर्दा ५ सय ४२ किलो गाँजा बरामद गरिएको ईलाका प्रहरी कार्यालय भण्डाराले जानकारी दिए ।
प्रहरीले ट्रक चालक ना ३ ख ७२४० नम्बरको ट्रक चालक धनकुटा छथर जोरपाटे गाउँपालिका ३ का ३२ वर्षीय रमेशनाथ दाहाल र ना ३ ख ६१२२ नम्बरको ट्रकमा सवार कपिलवस्तु बुद्धभुमी नगरपालिका ४ का २५ वर्षीय खुशिराम थारुलाई पक्राउ गरेका छन ।
ईलाका प्रहरी कार्यालय भण्डाराबाटको टोलीले जाँदा सोमबार बिहान ८ बजे राप्ती नगरपालिका ३ झुरझुरे स्थित पूर्व पश्चिम लोकमार्ग सडक खण्डको छेउमा ना ३ ख ६१२२ नम्बरको ट्रक र ना ३ ख ७२४०नम्बरको डिब्बा ट्रक सामान पल्टी गरी शंकास्पद अवस्थामा रोकी राखेकोले दुईवटा ट्रकलाई चेकजाँच गर्ने क्रममा ना ३ ख ७२४० नम्बरको डिब्बा ट्रकमा लुकाई छिपाई राखेको अवस्थामा ३९ वटा पोकामा ५४२ किलो लागूऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
गाँजा धादिङको मलेखुबाट ना ३ ख ६१२२ नम्बरको ट्रकमा लोड गरी उक्त स्थानमा ल्याई ना ३ ख ७२४० नम्बरका डिब्बा ट्रकमा पल्टी गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाइबर अपराधको आरोपमा एक महिला पक्राउ
कात्तिक २९, २०८१ बिहिबार
गरगहना चोरीमा संलग्न रहेको अभियोगमा भक्तपुरबाट एक जना पक्राउ
कात्तिक २९, २०८१ बिहिबार
करिब २२ किलो अवैध लागूऔषध चरेशसहित तीन जना पक्राउ
कात्तिक २९, २०८१ बिहिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
कात्तिक २९, २०८१ बिहिबार
मिस फायरिङ भएको ‘केटु सिरिज’ का हतियार पुनः किन्ने तयारीमा सेना, अरबौंको खरिदमा करोडौं कमिशनको डिल !
कात्तिक २९, २०८१ बिहिबार
सर्वोच्चमा रास्वपाका २० सांसदसहित केही नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, मंसिर ३ मा पेसी
कात्तिक २९, २०८१ बिहिबार
मिर्गौलापीडित वडाध्यक्ष साहको निधन
कात्तिक ३०, २०८१ शुक्रबार
दार्चुला दुर्घटनामा मृतकको संख्या ७ पुग्यो, ६ जनाको अवस्था गम्भीर
कात्तिक ३०, २०८१ शुक्रबार
छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने
कात्तिक ३०, २०८१ शुक्रबार
दार्चुलामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु, अन्य ६ घाइतेको अवस्था गम्भीर
कात्तिक ३०, २०८१ शुक्रबार
पहाडी भागमा मौसम सफा रहने, तराईमा बाक्लो हुस्सु
कात्तिक ३०, २०८१ शुक्रबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
कात्तिक ३०, २०८१ शुक्रबार