यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३० औं वार्षिक साधारण सभा सम्पन्न
नेपालबहस संवाददाता
फागुन ७, २०८० सोमबार १५:४:५०
७ फागुन, काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले ३०औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । अनमोल ब्याङ्क्वेट काठमाडौंमा सभा सम्पन्न भएको हो ।
कम्पनीले आर्थिक वर्ष २०७९/८० को बार्षिक साधारण सभामा सो आवको वित्तीय विवरण पारित गरेको छ । साथै सभाले कम्पनीले शेयरधनीहरुलाई प्रस्ताव गरेको १०.२६ प्रतिशत बोनस शेयर र ०.५४ प्रतिशत नगद लाभांश 'कर प्रयोजन' समेत पारित भएको हो ।
सभाबाट पाँचजना सञ्चालक निर्विरोध चयन भएका छन् । कम्पनीले समूह “क” का संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिको प्रतिनिधित्व गर्ने संचालक पद ३ जना तथा समूह ’ख’ का सर्वसाधारण शेयरधनीहरुको तर्फबाट संचालक समितिको प्रतिनिधित्व गर्ने संचालक पद २ जनाको निर्वाचन भएका हुन् ।
संस्थापकतर्फ हाल अध्यक्ष रहेका आजाद श्रेष्ठ र हालका सञ्चालक द्वय प्रणव कुमार दास र बलराम खनाल निर्वाचित भएका हुन् । दासले सिजी फुड्स र खनालले चौधरी ग्रुपको तर्फबाट उम्मेदवारी दिएका थिए । सर्वसाधारण तर्फ पानुदत्त पौडेल र शम्भु अधिकारी निर्वाचित भएका हुन् । पानुदत्त हाल पनि संचालक छन् भने अधिकारी नयाँ अनुहार हुन् ।
कम्पनीको सभा प्रयोजन र लाभांश प्रयोजनको लागि माघ २२ गते बुक क्लोज गरेको हुँदा माघ २१ गतेसम्म नेप्सेमा कायम रहेका शेयरधनीहरुले लाभांश पाउनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै
मंसिर ५, २०८१ बुधबार
मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध
मंसिर १, २०८१ शनिबार
सानिमा रिलायन्स लाईफको दुई दिने आवासीय तालिम सम्पन्न
असोज १७, २०८१ बिहिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
मंसिर ५, २०८१ बुधबार
उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउने गरी संविधान संशोधन हुन्छ : देउवा
मंसिर ५, २०८१ बुधबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
नेपाल एयरलाइन्सले रुट अनुसार अन्तर्राष्ट्रिय उडानमा २५०० देखि ५ हजारसम्म घटायो भाडा
मंसिर ६, २०८१ बिहिबार
गौतम अडानीमाथि लगाइएको आरोप अदानी समूहले खारेज गर्यो, भन्यो- यी आरोप निराधार छन्
मंसिर ६, २०८१ बिहिबार