आजदेखि गोदावरीमा कांग्रेसको महासमिति बैठक सुरु [ फाेटाे फिचर ]
नेपालबहस संवाददाता
फागुन ७, २०८० सोमबार १५:३२:५
७ फागुन, काठमाडौं । ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा नेपाली कांग्रेसको महासमिति बैठक सुरु भएको छ । बैठकको सभापति शेरबहादुर देउवाले दीप प्रज्वलन गरी महासमिति बैठक उदघाटन गरेका हुन् । आजदेखि सुरु भएको महासमितिको बैठक फागुन १० गतेसम्म चल्ने छ ।
बैठकमा नीति, सांगठनिक, समसामयिक, वर्तमान आर्थिक अवस्था र लेखा गरी पाँच प्रतिवेदन पेस हुनेछन् । नीति प्रतिवेदन उपसभापति पूर्णबहादुर खड्काले, सांगठनिक प्रतिवेदन महामन्त्री गगन थापाले र समसामयिक राजनीतिक प्रतिवेदन अर्का महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्ने छन् ।
यसैगरी अर्थमन्त्रीसमेत रहेका पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा समेटिएको प्रतिवेदन र लेखा समितिका संयोजक श्याम घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
बैठकमा वर्तमान केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरु एक सय ६५, प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुने महासमिति सदस्यहरु एक हजार सात सय ८०, नेपाली जनसम्पर्क समितिबाट ८९, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ६९ र महासमितिका सदस्य नरहेका प्रदेश कार्यसमितिका सभापति, जिल्ला कार्यसमितिका सभापति र भ्रातृसङ्घ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरू सहभागी छन् ।
नीति अधिवेशनका रुपमा रहेको महासमिति बैठकमा प्रस्तुत हुने प्रतिवेदनमाथि समूहगत छलफल हुने छ । तराई, पहाड, मधेश, हिमालबाट प्रतिनिधित्व हुने गरी समूह बनाएर छलफल गर्ने तयारी छ । बैठकमा दुई हजार बढी प्रतिनिधिहरु सहभागी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय गौरवका आयोजनाबारे प्रधानमन्त्री ओलीले आज ब्रिफिङ लिने
मंसिर ९, २०८१ आइतबार
रवि लामिछानेलाई चौथोपटक म्याद थपका लागि आज कास्की अदालत उपस्थित गराइँदै
मंसिर ९, २०८१ आइतबार
बिआरआईमा ऋण स्वीकार्न सकिँदैन : महामन्त्री शर्मा
मंसिर ८, २०८१ शनिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेश राज कायस्थ नियुक्त
मंसिर ९, २०८१ आइतबार
आइतबार सुनको भाउ १७ सयले बढ्यो, तोलाको कति ?
मंसिर ९, २०८१ आइतबार
मनकामना केबलकार सञ्चालनको २७औं वर्षमा प्रवेश
मंसिर ९, २०८१ आइतबार
एनएमबि बैंकको संस्थापक शेयर लिलामी खुल्यो
मंसिर ९, २०८१ आइतबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर ९, २०८१ आइतबार