अन्ततः कांग्रेसका शुभेच्छुक संस्थाको माग पुरा
नेपालबहस संवाददाता
फागुन ८, २०८० मंगलबार १३:१३:२४
९ फागुन, काठमाडौं । हिजोदेखि ललितपुरको गोदावरीमा सुरु भएको नेपाली कांग्रेसको महासमिति बैठकमा अन्ततः कांग्रेस निकटका शुभेच्छुक संस्थाहरूले विधि र पद्धति बमोजिम भाग लिन पाउने भएका छन् । पार्टीको ठाडो हस्तक्षेप विरुद्ध ६ वटा शुभेच्छुक संस्थाहरूले हिजो साँझ वक्तव्य निकालेर विरोध जनाएका थिए । उनीहरुले निर्णय नसच्चाए महासमिति बैठक नै बहिष्कार गर्ने चेतावनी दिएपछि मंगलबार बिहान पार्टी सभापति निवास बूढानीलकण्ठमा बसेको बैठकले महासमिति बैठकमा उनीहरूकाे माग बमाेजिम सहभागी हुने सदस्यहरूको टुङ्गो लगाइएको हो ।
पार्टी सभापति देउवाको ठाडो निर्देशनमा केन्द्रीय निर्वाचन समितिले अप्रासङ्गिक र अनधिकृत निर्णय गरेको भन्दै नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल शिक्षक सङ्घ, नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन, सेन्टर फर डेमोक्र्याटिक इन्जिनियर्स नेपाल, प्रजातन्त्रवादी चिकित्सक संघ र नेपाल प्रेस युनियनले संयुक्त प्रेस विज्ञप्ति निकाल्दै महासमिति बैठकमा सदस्यको रूपमा सहभागी नहुने निर्णय गरेको थियो ।
निर्वाचन समितिले पार्टी विधानको अपव्याख्या गरेको भन्दै शुभेच्छुक संस्थाहरूले चर्को विरोध गरेर पार्टीको ठाडो हस्तक्षेपकाे आलोचना गरेको थियो । निर्वाचन समितिको अक्षमता र विधानको गलत व्याख्या गरिएको प्रति खेद व्यक्त गर्दै उनीहरूले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता शेखर कोइरालालाई ध्यानाकर्षण गराएका थिए ।
उनीहरुको माग बमोजिम शुभेच्छुक संस्थाहरूबाट तीन/तीन जना सहभागी गराइने निर्णय गरिएको हो । पार्टीका शुभेच्छुक संस्थाहरू नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल शिक्षक संघ, नेपाल डेमोक्रेटिक लयर्स एशोसिएसन, सेन्टर फर डेमोक्र्याटिक इन्जिनियर्स नेपाल, प्रजातन्त्रवादी चिकित्सक संघ र नेपाल प्रेस युनियनका तीन/तीन जना महासमिति सदस्यको रूपमा सहभागी गराउने निर्णय भएको मुख्यचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार