वीरगन्जमा सामाजिक सद्भाव बिथोल्न खोज्नेलाई सामूहिक प्रतिरोध गर्ने सर्वपक्षीय निर्णय
आबिद हुसेन
फागुन ८, २०८० मंगलबार १५:२८:०
८ फागुन, वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्सामा मंगलबार बसेको सर्वदलीय-सर्वपक्षीय बैठकले वीरगन्जमा सदियौँदेखि कायम जातजाति, भाषा, धर्म, समुदायबीचको एकतालाई अझ मजबुत बनाउने निर्णय गरेको छ ।
वीरगन्जमा दुई फरक धर्म समुदायबीचको द्वन्द्वका कारण सोमबारदेखि उत्पन्न तनावलाई साम्य पार्न मंगलबार बसेको सर्वदलीय-सर्वपक्षीय बैठकले नेपाली जनताबीचको सुसम्बन्धमा र एकतालाई विखण्डन गर्न खोज्ने जुनसुकै दुष्प्रयासलाई निष्फल पार्न सामूहिक प्रयास गर्ने निर्णयसमेत गरेको छ।
यस्तै बैठकमा वीरगन्जमा रहेका धार्मिक स्थलहरूमा नाराबाजी, जुलुस लगायतका विरोधका कार्यक्रम नगर्ने नगराउने र यस्ता किसिमका गतिविधि गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन प्रहरी प्रशासनलाई सहयोग गर्ने सहमतिपनि भएको बैठकमा सहभागी पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी गराए। यसैगरी खुल्लमखुल्ला रुपमा डिजे बजाउने र चर्को स्वरमा माइक बजाउने, राँके जुलुस, लाठी भालासहितको जुलुस निकाल्ने लगायतका कृयाकलाप गर्ने विरुद्ध कानुन बमोजिम कार्यबाही प्रशासन समक्ष अनुरोध गर्ने र यसमा सबै दलले सहयोग गर्ने सहमति पनि भएको उनले बताए ।
जिल्लाको शान्ति सुरक्षा र अमन चयनलाई खलल पर्ने किसिमका धार्मिक र सामाजिक सदभाव बिगार्ने एवं द्वन्द्वलाई उक्साउने प्रकारका अवाञ्छित गतिविधि साथै धार्मिक , साम्प्रदायिक र्याली,जुलुस,बन्द हडताल लगायतका गतिविधि कुनै पनि संघसंस्था र समुदायले नगर्ने र यसमा सबै दल,नागरिक समाज र संघसंस्थाले सहयोग गर्ने सहमति बैठकमा भएको लम्सालले बताए ।
यस्तै सामाजिक सञ्जालमा कुनै पनि जातजाति, धर्म वा समुदायलाई लक्षित गरी नकारात्मक कुराहरू पोष्ट गर्ने गराउने उपर प्रशासनले कडा कारबाही गर्ने निर्णयपनि भएको उनले बताए। सहायक सीडियो लम्सालले सोमबार साँझदेखि वीरगन्जमा जारी कर्फ्युको विषयमा भने जिल्ला सुरक्षा समितिको बैठक बसेर आवश्यक निर्णय लिने बताए ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको अध्यक्षतामा बसेको बैठक प्रतिनिधि सभा सदस्य प्रदीप यादव, प्रदेश सरकारका पर्यटन राज्यमन्त्री रहबर अन्सारी,वीरगन्ज महानगरका मेयर राजेशमान सिंह,नेकपा एमालेका जिल्ला संयोजक विश्वम्भर शर्मा,जसपाका जिल्ला अध्यक्ष रामनरेश यादव, नेपाली कांग्रेसका नेता नरेन्द्र साह,जनमत पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफ, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष बालगोपाल थापा,लोसपाका जिल्ला अध्यक्ष पुरुषोत्तमलाल झा,राप्रपाका पन्नालाल पटेल,पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापा,सशस्त्र प्रहरी उपरीक्षक किशन कर्माचार्य ,नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी ,उपाध्यक्ष युवराज खड्का जफर अंसारी लगायतको सहभागिता रहेको बैठकमा सहभागी जसपाका जिल्ला सचिव तबरेज अहमदले जानकारी दिए।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपदशैं, तिहार र छठमा ५ करोडको फूल किनबेच
कात्तिक २६, २०८१ सोमबार
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार