मध्यपूर्वको ‘भयानक मानव मूल्य’ प्रति युवराज विलियम चिन्तित
नेपालबहस संवाददाता
फागुन ८, २०८० मंगलबार २३:५:३०
८ फागुन, लन्डन । बेलायती सिंहासनका उत्तराधिकारी युवराज विलियमले मङ्गलबार इजराइल–हमास द्वन्द्वबारे दुर्लभ बयान जारी गर्दै ‘भयानक मानव मूल्य’ माथि आफ्नो चिन्तालाई रेखाङ्कित गर्नुभएको छ ।
युद्धका कारण हुने मानवीय पीडा र यहुदीविरोधी भावनामा वैश्विक वृद्धिलाई पहिचान गर्नका लागि विलियमले यो साता लन्डनमा भ्रमणअघि उक्त टिप्पणी गरेका हुन् । उनी मानवीय सहायता कार्यकर्ताहरूसँग भेट्ने र यहुदीविरोधी भावनाका बारेमा विभिन्न समुदायका युवाहरूसँग एक सभाघरको छलफलमा सहभागी हुनुहुनेछ ।
शाही परिवारले सामान्यतया अन्तर्राष्ट्रिय विवादहरूमा टिप्पणी गर्दैन । विलियिमका पिता राजा चार्ल्स तृतीय संयुक्त अधिराज्यका साथै क्यानाडादेखि लिएर अस्ट्रेलिया र जमैकासम्म १४ अन्य राष्ट्रमण्डल मुलुकको प्रमुख हुन् । उनको कार्य अनिवार्यरूपमा औपचारिक हुन्छन् र उनले राजनीतिक बहसमा हस्तक्षेप गर्दैनन् ।
“म, अरु धेरैजस्तो, चाँडोभन्दा चाँडो युद्ध अन्त्य भएको हेर्न चाहन्छु”, प्रिन्स अफ वेल्स भनेर चिनिने विलियमले भने, “गाजालाई मानवीय सहायता बढाउनुपर्ने टड्कारो आवश्यकता छ, सहायता पुगोस् र बन्धकहरू रिहा हुन् भन्ने महत्त्वपूर्ण हो ।”
संयुक्त राष्ट्रसंघको अनुमानअनुसार गाजामा चार महिनाभन्दा धेरै समयदेखिको अथक लडाइँले तटीय क्षेत्रका अधिकांश भाग नष्ट गरेको छ, २२ लाख जनता भोकमरीको छेउमा पुगेका छन् र तीन–चौथाई जनसङ्ख्या विस्थापित भएको छ ।
अक्टोबर ७ मा हमासले इजराइलमाथि अभूतपूर्व आक्रमण गरेपछि युद्ध सुरु भएको हो । हमासको आक्रमणमा इजराइलमा अधिकांश सर्वसाधारणसहित करिब एक हजार एक सय ६० मानिस मारिएका थिए । इजराइलका अनुसार हमासका लडाकूहरूले करिब दुई सय ५० जनालाई बन्धक बनाएको र तीमध्ये एक सय ३० जना गाजामा रहेका छन् । गाजामा रहेका तीमध्ये ३० जनाको मृत्यु भएको मानिएको छ ।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा इजराइलको आक्रमणमा अधिकांश महिला तथा बालबालिकासहित २९ हजारभन्दा धेरै मारिएका छन् ।
“कहिलेकाहीँ मानवीय पीडाको विशाल स्तरको सामना गर्दा मात्र पनि स्थायी शान्तिको महत्त्व थाहा हुन्छ”, युवराज विलियमले भने, “अन्धकारको घडीमा पनि हामीले निराशाको सल्लाहमा झुक्नुहुँदैन, एउटा उज्ज्वल भविष्य पाउन सकिन्छ भन्ने आशामा म अडिग छु र म त्यसलाई त्याग्न अस्वीकार गर्छु ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार
भारतको निजी अस्पतालमा आगलागी हुँदा छ जनाको मृत्यु
मंसिर २८, २०८१ शुक्रबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
पत्रकार महासंघ पाल्पाको अध्यक्षमा तिमिल्सिना
मंसिर २९, २०८१ शनिबार
बुटवलको तिनाउ पुलमा जिप दुर्घटना, दम्पत्तिसहित ३ जनाको मृत्यु
मंसिर २९, २०८१ शनिबार
एनपीएलः काठमाडौंविरुद्ध ब्याटिङ गर्दै पोखरा
मंसिर २९, २०८१ शनिबार
पत्रकार महासंघ सङ्खुवासभा शाखाको अध्यक्षमा शाक्य
मंसिर २९, २०८१ शनिबार
आँबुखैरेनीमा चितुवा नियन्त्रण गर्न पासो थापियो
मंसिर २९, २०८१ शनिबार
आठ वर्षमा पनि बनेन् बेनी अस्पतालको भवन
मंसिर २९, २०८१ शनिबार