महासमिति बैठक : एक हजार र पाँच सयका नोट प्रतिबन्ध लगाउनुपर्ने नेता केसीको प्रस्ताव
नेपालबहस संवाददाता
फागुन ९, २०८० बुधबार १५:५५:४१
९ फागुन, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले ५ सय र हजारको नोट प्रतिबन्ध गर्ने आँट गर्नुपर्ने बताएका छन्। सोमबारबाट ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन हलमा जारी कांग्रेस महासमिति बैठकमा उनले १४ बुँदे धारणा राख्दै ५ सय र हजारको नोट प्रतिबन्ध गर्ने आँट गर्नुपर्ने बताएका हुन्।
उनले देशको मुद्रालाई कालोधनको माध्यम बन्न नदिन विमुद्रीकरण गर्नुपर्ने बताएका हुन्। त्यसका लागि सरकार तयार हुनुपर्ने उनको भनाइ थियो। यसको नेतृत्व पनि नेपाली कांग्रेसले गर्ने आँट गर्नुपर्ने बताएका हुन्।
‘माफिया, बिचौलिया, कालोधनका धनपतिहरूले सत्तामा पकड जमाएका छन् भन्ने आम विश्वास छ। देशको मुद्रालाई कालोधनको माध्यम बन्न नदिन विमुद्रीकरण गर्नुपर्ने आवश्यकता छ। त्यसैले एक हजार र पाँच सयका नोटमा प्रतिबन्ध लगाउनेसम्मको कदम चलाउन सरकार तयार हुनुपर्छ र कांग्रेसले नै यसको नेतृत्व लिने आँट गर्नुपर्छ,’ उनले भने।
नेता केसीले संविधान संशोधनका लागि परामर्शको थालनी कांग्रेसले लिनुपर्ने सुझाव दिएका छन् । निर्वाचन प्रणाली सुधार, गठबन्धनलाई बनाउन वाध्य पार्ने समानुपातिक प्रणालीको खारेजी, संघीय र प्रदेश सांसदको आकार घटाउन संविधान संशोधनको आवश्यकता रहेको उनले बताए । पार्टीमा एक व्यक्ति एक पदको नीति अनिवार्य लागु गर्नुपर्ने केसीले बताए । १५ औं महाधिवेशन नियमित समय अनुसार २०८२ मंसिरभित्र हुनुपर्ने उनको माग छ ।
गोदावरीमा सोमबारदेखि जारी कांग्रेस महासमिति बैठक बिहीबार सकिँदैछ। उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा, पार्टी प्रवक्ता प्रकाशशरण लगायतले मंगलबार पेस गरेका प्रस्तावमाथि समूहगत रूपमा छलफल जारी छ। अहिले चार वटा समूह बनाएर छलफल भइरहेको हो। महासमिति सदस्यहरूलाई उक्त विषयका छलफलका लागि ५ मिनेट दिइएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइन्छ : गृहमन्त्री
पुष ४, २०८१ बिहिबार
नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार
रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमणपछि आगलागी
पुष ४, २०८१ बिहिबार