प्रशिक्षक टुचेलले सिजनको अन्त्यपछि बायर्न म्युनिख छोड्ने
नेपालबहस संवाददाता
फागुन ९, २०८० बुधबार १६:४८:२५
९ फागुन, काठमाडौं । प्रशिक्षक थोमस टुचेलले सिजनको अन्त्यपछि बायर्न म्युनिख छोड्ने भएका छन् । क्लब व्यवस्थापनसँगको समझदारीमा टुचेलले यस सिजनको अन्त्यसम्म मात्र बायर्न म्युनिखको प्रशिक्षकको भूमिका निभाउने समझदारी भएको स्काई जर्मनीले जनाएको छ ।
मिडिया रिपोर्टका अनुसार केहि दिनमा नै बायर्नले यसको औपचारिक घोषणा गर्ने बताइएको छ । बायर्न म्युनिखले पछिल्ला तीन खेलमा लगातार हार बेहोरेपछि प्रशिक्षक टुचेलमाथि पद छोड्ने दबाब बढेको थियो । बायर्न म्युनिखले टुचेललाई बर्खास्त गर्ने हल्लाका बीच उनलाई सिजनको अन्त्यसम्म राख्ने सहमति भएको हो ।
बायर्न म्युनिख अहिले बुण्डेसलिगामा शिर्ष स्थानमा रहेको लिभरकुसेनभन्दा ८ अंकले पछाडी रहेको छ । लिभरकुसन २२ खेलमा अपराजित रहदै ५८ अंकसहित शिर्ष स्थानमा रहेको छ भने बायर्नको २२ खेलमा ५० अंक रहेको छ र दोस्रो स्थानमा रहेको छ ।
टुचेल २०२३ को मर्छ २४ मा बायर्न म्युनिखको प्रशिक्षक बनेका थिए । उनको नेतृत्वमा बायर्नले अहिलेसम्म ४४ खेल खेलेको छ भने २८ जित र ११ खेलमा हार बेहोरेको छ ।
मिडिया रिपोर्टका अनुसार बायर्न म्युनिखले टुचेलसँगको समझदारीपछि लिभरकुसेनका प्रशिक्षक जाबी अलोन्सो र लिभरपुलका जर्गेन क्लोपलाई भित्र्याउने प्रयास गरेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने
मंसिर ७, २०८१ शुक्रबार
पुर्वक्लब सान्तोस फर्किदै नेइमार !
मंसिर ३, २०८१ सोमबार
नेपाल ताजिकिस्तानसँग ४-० गोल अन्तरले पराजित
कात्तिक २८, २०८१ बुधबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार