तीव्र आँधीको आशङ्कामा मरिससद्वारा उडानहरू रद्द
नेपालबहस संवाददाता
फागुन १०, २०८० बिहिबार १३:२६:३३
१० फागुन, एएफपी । मरिससले बिहीबार हिन्द महासागरको द्वीपमा बलियो उष्ण्कटिबन्धीय आँधी आएपछि उडान र विद्यालयहरू बन्द गरेको मौसम विज्ञान सेवाहरूले जनाएका छन् ।
एलेनोर नामक आँधी स्थानीय समयानुसार बिहान ४ बजे मुलुकबाट करिब दुई सय किलोमिटर उत्तरपूर्वमा रहेको र २० किलोमिटर प्रतिघण्टाको वेगमा अगाडि बढिरहेको मौसम सेवाले जानकारी दिएको छ ।
एक बुलेटिनमा भनिएको छ, “प्रारम्भमा हावा करिब ४० किलोमिटर प्रतिघन्टाको गतिमा दक्षिणपूर्व जानेछ । यो दिउँसो एक सय १० किलोमिटर प्रतिघन्टासम्म पुग्नेछ र फेरि एक सय २० किलोमिटर प्रतिघन्टाभन्दा बढी हुनेछ ।”
मुलुकको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालकले हवाई सेवा बन्द हुने र राष्ट्रियवाहक एयर मरिससले बिहीबार बिहान प्रस्थानका लागि निर्धारित उडानहरू रद्द गर्ने बताएको छ । सार्वजनिक यातायात र विद्यालयहरू पनि बन्द गरिएको छ ।
आफ्नो सानदार सेतो बलौटे सामुद्रिक तटहरू र नीलो–हरियो पानीका लागि प्रसिद्ध दुर्गम टापु मरिसस कहिलेकाहीँ चक्रवातको मार्गमा पर्दछ । जनवरीमा उष्णकटिबन्धीय आँधी बेलालले एक व्यक्तिको ज्यान लिएको थियो र हजारौँ मानिसलाई विद्युत् विहीन बनाएको थियो । भवनहरूमा पानी भरिएका थिए भने यातायात प्रभावित बनेको थियो ।
प्रत्येक वर्ष नोभेम्बर–अप्रिलको मौसममा दक्षिण पश्चिम हिन्द महासागरमा करिब एक दर्जन आँधी वा चक्रवात आउँछन् । गत वर्ष फेब्रुअरीमा मरिससमा चक्रवात फ्रेडीका कारण भीषण वर्षा र आँधी आउँदा मलावी, मोजाम्बिक र मडगास्करलगायत सम्पूर्ण दक्षिण–पूर्वी अफ्रिकामा मृत्यु र विनाशको लहर निम्त्याएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
असोज १५, २०८१ मंगलबार
इरानमा बाढीका कारण १५ जनाको मृत्यु , उद्धार अभियान समाप्त
असोज १५, २०८१ मंगलबार
बाइडेनले आँधीले ध्वस्त पारेको उत्तरी क्यारोलिनाको यात्रा गर्ने
असोज १५, २०८१ मंगलबार
दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
असोज १५, २०८१ मंगलबार
भासिएर चिरा परेको सडक
असोज १५, २०८१ मंगलबार
इरानमा बाढीका कारण १५ जनाको मृत्यु , उद्धार अभियान समाप्त
असोज १५, २०८१ मंगलबार
एकै वर्षमा १० लाख बढीको निगुरो बिक्री
असोज १५, २०८१ मंगलबार
बाइडेनले आँधीले ध्वस्त पारेको उत्तरी क्यारोलिनाको यात्रा गर्ने
असोज १५, २०८१ मंगलबार