हात्ती पीडितका समस्या बुझ्न कोशीका मुख्यमन्त्रीले सुरु गरे पदयात्रा
नेपालबहस संवाददाता
फागुन १०, २०८० बिहिबार १३:४४:३५
१० फागुन, झापा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हात्ती पीडित किसानले भोगिरहेका समस्याको दीर्घकालिन समाधानका लागि प्रदेश स्तरीय पदयात्रा शुरु गरेका छन् । झापाको बाहुनडाँगी स्थित प्रसाद गौडाबाट हात्ती प्रभावित क्षेत्रको पदयात्रा सुरू गरिएको र यो यात्रा उदयपुर पुगेर टुंगिने जनाइएको छ ।
जीव–जनावर, जंगल, जनतामैत्री जिम्मेवार जनप्रतिनिधि भन्ने नाराकासाथ मेची खोलाको तीरहुँदै हात्ती नेपालतर्फ प्रवेश गर्ने नाकाबाट कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले यो पदयात्रा सुरु गरेका हुन् । झापा जिल्लाको अत्यन्तै हात्ती प्रभावित क्षेत्र बाहुनडाँगीबाट सुरु भएको यो यात्रा फागुन १६ गते उदयपुर जिल्लाको बेलसोतमा पुगेर सम्पन्न हुनेछ ।
कोशी प्रदेशमा बर्षौदेखि भारतीय जंगली हात्तीको आतंक बढदो रुपमा देखिएको छ । किसानले लगाएको बालीनाली खाने र बिनास गर्नेदेखि मानव जीवनमासमेत आक्रमण गर्न थालेपछि कोशी प्रदेशका तराइका तथा भित्रि मधेसका जिल्लाहरुमा समस्या उत्पन्न भएको हो । बिगतमा पटकपटक स्थानीय, प्रदेश र केन्द्र सरकारलाई हात्ती आतंक नियन्त्रणका लागि अनुरोध गरिएको भएता पनि यसको समाधान तर्फ सरकारका तीनै निकायहरुले गम्भिरताका साथ लिएका थिएनन् ।
बिगत केहि महिनाका हात्ती आतंकका सिलसिला हेर्ने हो भने यसबाट कोशी प्रदेशका तराई र भित्रि मधेसका जिल्लाहरुमा भयाभह स्थिति नै उत्पन्न भएको देखिन्छ । किसानको जिविकोपार्जनको एकमात्र आधार कृषि तथा नगदे बाली पटकपटक जंगली हात्तीले बिनास गरिदिन थालेपछि किसानहरुमा भोकमरीको अवस्था सृजना हुने संभावना बढदै जान थालेको छ । यसको रोकथामका लागि नेपाल किसान महासंघ कोशी प्रदेश समिति, जिल्ला समितिहरु, स्थानीय पालिका समितिहरुसम्मले आआफ्नो क्षेत्रबाट यसको दीर्घकालिन समाधानका लागि पहल गरिदिन केन्द्र, प्रदेश तथा स्थानीय सरकार समक्ष अनुरोध गरिरहेका थिए ।
मुख्यमन्त्री कार्कीले यो पदयात्राका क्रममा स्थानीय जनताका घर आँगनमै बास बस्ने र स्थानीय किसानसँग लगातार छलफल गर्ने पदयात्रामा संलग्न पदयात्रीले बताएका छन् । जम्मा २४३ किलोमिटरभन्दा बढीको पैदल यात्रा गर्ने लक्षका साथ झापा पुगेका मुख्यमन्त्री कार्कीले जनताका समस्यामा कोशी प्रदेश सरकार सँगसँगै रहेको बताएका छन् ।
यदयात्रा शुभारम्भका क्रममा मुख्यमन्त्री कार्कीले हात्ती र मानवबिचको द्वन्द्व घटाउन र समस्या पहिचान गर्न पदयात्रा सुरू गरिएको बताए । ‘जनता र हात्ती दुबैलाई दुःख नहुने गरी समाधान खोज्न हामी गाउँ बस्तीमा आफै आएका हौं, उनले भने,‘ छलफल गरेर योजना बनाउन र बजेट बनाउन आएका हौं ।’
पदयात्रामा कोशी प्रदेशका सरकारी एवं प्रदेशमा क्रियाशिल गैरसरकारी निकाय, संरक्षणकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, हात्तीविज्ञ, नागरिक समाज एवं आम नागरिकहरुको सहभागिता रहेको छ बताईएको छ । झापाको बाहुण्डाँगी र दमकको बेलडाँगीमा आफ्नो स्थायी बासस्थान बनाएका भारतीय जंगली हात्तलिे केहि समय अघि मोरंगका बिभिन्न क्षेत्रमा अत्यन्तै ठूलो बितण्डा मच्चाए पछि स्थानीय बासीले कोशी प्रदेश सरकारसँग हारगुहार गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशको एक अर्ब ३१ करोड बेरुजु
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
जेठ १६, २०८१ बुधबार
न्यायाधीश सुवेदी र शर्माको इजलासमा पर्यो कोशी सरकारविरुद्धको रिट
जेठ १६, २०८१ बुधबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया
जेठ १६, २०८१ बुधबार
विकल पौडेललाई थुनामा पठाउने अदालतको आदेश
जेठ १६, २०८१ बुधबार
गृहमन्त्रीलाई समितिको पत्र, सडकमा ट्राफिक स्वयंसेवक खटाएको बारे जवाफ दिन आउनु
जेठ १७, २०८१ बिहिबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
जेठ १७, २०८१ बिहिबार
राष्ट्रसंघका विज्ञद्वारा इजरायलविरुद्ध प्रतिबन्धित हतियारमा प्रतिबन्ध लगाउन आह्वान
जेठ १७, २०८१ बिहिबार
उत्तर कोरियाद्वारा जापानी समुद्र क्षेत्रमा क्षेप्यास्त्र प्रहार
जेठ १७, २०८१ बिहिबार
गाजा युद्ध थप सात महिना जारी रहने इजरायलको चेतावनी
जेठ १७, २०८१ बिहिबार
महालेखालाई तत्काल बेरुजु फर्स्यौट गर्ने रणनीतिक योजना पेस गर्न लेखा समितिको निर्देशन
जेठ १७, २०८१ बिहिबार