हिउँले सेताम्मे मनाङमा पर्यटक बढ्ने आस !
नेपालबहस संवाददाता
फागुन १०, २०८० बिहिबार १३:४६:४५
१० फागुन, मनाङ । हिमाली जिल्ला मनाङमा हिमपातको समय घर्किसकेको छ । अनुकूल समयमा यस वर्ष मनाङमा पर्याप्त हिमपात हुन सकेन । तर समय घर्किसकेपछि हिमपात भएको छ । कम मात्रामा हिमपात भए पनि पर्याप्त भने पर्न सकेको थिएन । यस वर्ष फागुन दोस्रो साताबाट मात्रै भारी हिमपात भएको छ ।
बुधबार साँझदेखि यहाँ हल्का हिमपात सुरु भएकोमा रातभर भारी हिमपात भएको छ । समय घर्किसकेपछि परेको हिमपातले यहाँका घर, डाँडाकाँडा सेताम्मे भएका छन् । समयमा हिउँ परेको भए हिउँदमा पनि पर्यटक हिउँ खेल्न आउने गर्दथे । तर यस वर्ष समयमा हिउँ नपर्दा पर्यटक भने आउन सकेनन् । हिमपात भारी भएपछि पर्यटक हिउँ खेल्न आउने अपेक्षा गरिएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले बताए ।
उनले भने, “कम मात्रामा हिउँ परिरहेकै हो । चिसो अत्यधिक नै थियो । तर हिजो साँझदेखि रातभर भने भारी हिउँ पर्यो । जसले किसानलाई खुसी बनाएको छ । यसले पर्यटकलाई आकर्षण पनि गर्नेछ ।” जाडो छल्न बाहिर गएका मनाङी जिल्ला फर्किरहेको उनले बताए । अब खेती गर्ने याम पनि सुरु हुने भएकाले हिमपात भएपछि किसान हर्षित भएको सीडिओ लामिछानेले बताए ।
उनले भने, “मनाङी जिल्ला भित्रिन थालेकाले विद्यालय, होटल पनि खुल्न थालेका छन् । जसले गर्दा अब यहाँ पर्यटक भित्रिने समय भएको छ । जाडो कम हुन थालेपछि सहज बन्दै जानेछ । तर पर्यटक तथा स्थानीयवासीलाई चिसोले हुनसक्ने स्वास्थ्यको सचेतता अपनाउन आग्रह गरेका छौँ ।” यहाँको मौसम अनुकूल बन्दै गएपछि अब पूर्वाधार निर्माणका कामले पनि गति लिने सीडिओ लामिछानेले बताए ।
हिउँले नै यहाँको कृषि क्षेत्र सिञ्चित हुने भएकाले पनि यहाँका किसानमा खुसी छाएको छ । समयमा कम मात्रामा परेको हिउँले बेमौसममा परेको हिउँलाई पछिसम्म सिञ्चित गर्नेछ । जसले गर्दा किसानमा खुसी छाएको छ ।
पर्यटन क्षेत्रको आकर्षणको केन्द्र मनाङमा अब पर्यटक आउने याम सुरु भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का प्रमुख ढकबहादुर भुजेलले बताए । याम सुरु भएसँगै पर्यटक आगमन हुने भएकाले सचेत भएर आउन उनको आग्रह छ । उनले भने, “पहिलेको तुलनामा अहिले हिमपात हुने समय फेरिएको छ । विशेषगरी मङ्सिरदेखि माघसम्म भारी हिमपात हुने समय हो । तर अहिले फागुनदेखि मात्रै भारी हिमपात हुने गरेको पाइन्छ । यसले गर्दा यहाँ आउने पर्यटकले जोखिमलाई ध्यान दिएर यात्रा गर्न सुझाउँछौँ ।”
हिमपात तथा बेमौसममा पनि यहाँ दैनिकरूपमा १५ देखि २० पर्यटक आउने गरेको उनले जानकारी दिए । त्यसै पनि मनाङको अन्नपूर्ण पदमार्ग जोखिम नै छ । तर यहाँको मौसमलाई ध्यान दिएर मात्र यात्रा गर्नुपर्ने उनकोे भनाइ छ । उनले भने, “अहिले परेका हिउँ घाम लागेपछि पग्लिने हुन्छ । जसले गर्दा जोखिम बढी हुन्छ । हिउँ थुप्रिएर रहेको स्थानमा सतर्कता अपनाउनुपर्ने हुन्छ । पर्यटकले यसलाई ध्यान दिनुपर्ने हुन्छ ।”
हिमाल, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरतासँग रमाउँदै मनाङबाट पाँच हजार चार सय १६ मिटर उचाइमा अवस्थित थोराङ्लापास पार गर्दछन् । अन्नपूर्ण पदमार्गअन्तर्गत थोराङ्ला पार गरी मुस्ताङको मुक्तिनाथ हुँदै पोखरा जाने गर्दछन् । मनाङ आउने पर्यटक केही अन्नपूर्ण पदमार्गमार्फत थोराङ्ला भञ्ज्याङ जान्छन् भने केही पर्यटक पाँच हजार दुई सय मिटर उचाइमा अवस्थित काङ्लापास पार गरी मनाङ ङिस्याङ गाउँपालिका ३ ङावल निस्कने गर्दछन् ।
मनाङ आएका पर्यटक विश्वकै अग्लो स्थान चार हजार नौ सय १९ मिटर उचाइमा अवस्थित तिलिचो ताल, चार हजार छ सय मिटर उचाइमा अवस्थित आइसलेक, तीन हजार पाँच सय मिटर उचाइमा रहेका गङ्गापूर्ण ताल पुग्ने गर्दछन् । तर गङ्गापूर्ण ताल भने अहिले बगरको रूपमा परिणत भएको छ ।
अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका ७ मनाङ्गे चौताराबाट पदयात्रा सुरु हुन्छ । अन्नपूर्ण पदमार्गमा लमजुङसहित कास्की, मनाङ, मुस्ताङ र म्याग्दी गरी पाँचवटा जिल्ला जोडिएको छ । काठमाडौँदेखि बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् र पदमार्गमार्फत् मनाङका विभिन्न स्थानको अवलोकनसहित यात्राको सुरुआत गर्दछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहलिया मुक्तिका सोह्र वर्ष : अवस्था अझै बदलिएन
भदौ २२, २०८१ शनिबार
वसन्तपुर दरबार क्षेत्रको मक्खन पशुपतिमा बिहानैदेखि श्रद्धालुकाे भीड [ फाेटाे फिचर ]
भदौ २१, २०८१ शुक्रबार
आतंकवादी समूहसँग नेपाल प्रहरीका डीएसपी कसरी जोडिए ?
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार
नेपाल प्रहरी र सशस्त्र प्रहरी जवानको पेन्सन अवधि १६ प्रस्ताव
नेपालबहस संवाददाता
भदौ २२, २०८१ शनिबार
आतंकवादी समूहसँग नेपाल प्रहरीका डीएसपी कसरी जोडिए ?
भदौ २२, २०८१ शनिबार
नेपाल प्रहरी र सशस्त्र प्रहरी जवानको पेन्सन अवधि १६ प्रस्ताव
भदौ २२, २०८१ शनिबार
फ्रान्सका विद्यालयमा 'डिजिटल ब्रेक'
भदौ २३, २०८१ आइतबार
सुनिता र बुचलाई अन्तरिक्ष स्टेशनमा लिएर गएको यान खाली फर्कियो
भदौ २३, २०८१ आइतबार
आज ऋषिपञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइँदै
भदौ २३, २०८१ आइतबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
हंगेरीमाथि जर्मनीको शानदार जित
भदौ २३, २०८१ आइतबार
अर्थ समितिको बैठक बस्दै
भदौ २३, २०८१ आइतबार