गणपुरण संख्या नपुगेपछि संसद बैठक स्थगित, हलमा ६५ जना मात्र भेटिए सांसद
नेपालबहस संवाददाता
फागुन १०, २०८० बिहिबार १४:३३:४
१० फागुन, काठमाडौं । राजनीतिक दलसम्बन्धी विधेयक पारित गराउन गणपुरक संख्या नपुगेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आजको बैठकमा सभामुखले नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाललाई ‘राजनीतिक दल सम्बन्धधी विधेयक’माथिको विरोधको सूचना राख्न दिएका थिए ।
विरोधको सूचना फिर्ता लिनका लागि समय दिए तर, सुवालले विरोधको सूचना फिर्ता लिएनन् । त्यसपछि सभामा उक्त सूचना स्वीकृत÷अस्वीकृतका लागि निर्णयार्थ प्रस्तुत गर्दा नेकपा एमालेका सचेतक महेश बर्ताैलाले गणपुरक संख्याको विषय उठाए ।
गणना गर्दा २७५ सदस्यीय प्रतिनिधि सभामा कुनै पनि प्रस्ताव गर्दा आवश्यक संख्या एक चौथाइ ६९ आवश्यक भएकोमा ६५ जना मात्रै उपस्थित रहेको पाइयो । त्यसपछि सभामुख घिमिरेले गणपुरक संख्या नपुगेको भन्दै बैठक स्थगित गरे । अर्को बैठक शुक्रबार बिहान ११ बजे बोलाइएको छ ।
संसद्मा ६५ जना मात्र सांसद उपस्थित भएपछि संसद् विनाकुनै निर्णय रोकिएको हो । शून्य र विशेष समयको कार्यसूची सकिएपछि राजनीतिक दलसम्बन्धी ऐन (दोस्रो संशोधन) विधेयक पेस गर्ने कार्यसूची थियो ।
विधेयक २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्नेक्रममा एमाले सचेतक महेश बर्तौलाले गणकपूरक संख्या एकिन गर्न माग गरेका थिए ।
उनले संविधानको धारा ९४ ध्यानाकर्षण गराउँदै कुनै पनि प्रस्तावमा निर्णय गर्न एक चौथाई सदस्यको उपस्थिति आवश्यक हुने ध्यानाकर्षण गराएका थिए । गणपूरक संख्या एकीन गर्न ध्यानाकर्षण गराएपछि सभामुखले तीन मिनेट घण्टी बजाएर संख्या एकीन गरेका थिए ।
एक चौथाई हुन ६९ सांसद आवश्यक हुनेमा संंख्या एकीन गर्दा ६५ जना मात्र पाइएपछि सभामुखले आजको बैठकका बाँकी सबै कार्यसूची स्थगित भएको घोषणा गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघीयता कार्यान्वयनका निम्ति तीनवटै तहबीच सहयोग, समन्वय र सहकार्यमा जोड
पुष ९, २०८१ मंगलबार
वीर अस्पताल र नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान सात वर्षपछि छुट्याउने सहमति
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्रीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट
पुष ९, २०८१ मंगलबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमण तय नगरी भारतबाट फर्किइन आरजु
पुष ९, २०८१ मंगलबार
नासाको अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक पुग्यो
पुष ९, २०८१ मंगलबार
मृत्युदण्डमा सजाय माफी दिएपछि ट्रम्पले गरे बाइडेनको आलोचना
पुष ९, २०८१ मंगलबार
सूर्यदर्शन सहकारी ठगीमा पूर्वसांसद मीना गुरुङसहित २ जना पक्राउ
पुष ९, २०८१ मंगलबार
सशस्त्र प्रहरी मोरङका एसपी तानिए, डीआईजी सुवेदी कहिले ?
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपातले हवाई सेवा अवरूद्ध, जनजीवन कष्टकर
पुष ९, २०८१ मंगलबार
मौसम बदली: बादलले ढाके पनि वर्षा कम, बुधबारदेखि सुधार हुने
पुष ९, २०८१ मंगलबार