४२ केन्द्रीय सदस्यसहित १०८२ जना महासमिति सदस्य हिन्दुराष्ट्रको पक्षमा, देउवालाई बुझाए हस्ताक्षर
नेपालबहस संवाददाता
फागुन १०, २०८० बिहिबार १६:११:४०
१० फागुन, काठमाडौं । नेपाली कांग्रेसको गोदावरीमा जारी महासमिति बैठकका १ हजार ६३ जना प्रतिनिधिले वैदिक सनातन हिन्दु राष्ट्र स्थापना गर्नुपर्ने माग राखेर हस्ताक्षर बुझाएका छन् । उनीहरुले पार्टी सभापति शेरबहादुर देउवालाई हस्ताक्षरसहितको पत्र बुझाएका छन् ।
महासमिति बैठक समापनको सुरुमा अभियानका संयोजक एवं केन्द्रीय सदस्य शंकर भण्डारीले सभापति देउवालाई हस्ताक्षर बुझाएका हुन् । पूर्व महामन्त्री डा.शंशाक कोइरालासहित ४२ जना केन्द्रीय सदस्यले त्यसमा हस्ताक्षर गरेका छन् ।
फागुन ७ गतेदेखि जारी बैठकमा सो प्रस्तावका पक्षमा एक हजार ६३ जना महासमिति सदस्यले हस्ताक्षर गरेका छन् । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी महासमिति बैठकमा सनातन हिन्दू राष्ट्र नेपाल स्थापना महाअभियानले हस्ताक्षर सुरु गरेको थियो ।
अभियानका संयोजक शंकर भण्डारीले केही समयअघि महासमिति बैठकमा उक्त प्रस्ताव प्रस्तुत गरेका थिए । उनले सो प्रस्तावको आवश्यकता र औचित्यबारे महासमिति बैठकमा जानकारी गराई पार्टी सभापति शेरबहादुर देउवालाई प्रस्ताव बुझाएका हुन् ।
विसं २०७१ कात्तिक २० गते स्थापना भएको उक्त महाअभियानले नेपाली कांग्रेसभित्रका विभिन्न बैठकहरूमा हिन्दू राष्ट्रको विषय गहन ढंगले उठाउँदै आएको छ । यसअघि नवलपरासीको त्रिवेणीधाममा सम्पन्न पार्टीको महासमिति बैठक र काठमाडौँमा भएको बैठकमा समेत हिन्दू राष्ट्रको मुद्दा उठेको थियो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री भण्डारीको संयोजकत्वको उक्त महाअभियानले ९४ प्रतिशत ओमकार परिवारभित्र रहेको हिन्दूधर्मको मुद्दालाई उठाउँदै आएको छ ।
उक्त महाअभियानको सहसंयोजकमा पूर्वमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल र महासमिति सदस्य लोकेश ढकाल तथा महासचिवमा केन्द्रीय सदस्यद्धय भीम पराजुली र मुक्ताकुमारी यादव छन भने पूर्वमन्त्री लक्ष्मण घिमिरे सहितको १५ सदस्यीय सल्लाहकार समितिसमेत निर्माण गरिएको छ ।
उक्त अभियानमा आज अन्तिम दिनमा आइपुग्दा एक हजार ६३ महासमिति सदस्यले हस्ताक्षर गरेको महाअभियानका सह संयोजक लोकेश ढकालले जानकारी दिए ।
सोमबारदेखि सुरु भएको महासमिति बैठकमा पहिलो दिनदेखि नै अभियानकर्मीहरुले हस्ताक्षर संकलन गरिरहेका थिए । ललितपुरको गोदावरीस्थित सनराइज हलमा भएको महासमिति बैठकको हल अगाडि अभियानका अगुवाहरू पाल टाँगेर हस्ताक्षर गराउन जुटेका थिए । हिन्दु राष्ट्रको एजेण्डाले भने महासमिति बैठकमा छलफलको विषय बनेन ।
यसअघिको महासमिति बैठकमा पनि हिन्दु राष्ट्रको पक्षमा ७१४ जनाले हस्ताक्षर गरेर सभापतिलाई बुझाइएको थियो । २२ जना केन्द्रीय सदस्यले हिन्दु राष्ट्रको एजेण्डामा महासमिति बैठकमा छलफलको एजेण्डा बनाउनुपर्ने माग सहित सभापति देउवालाई हस्ताक्षर बुझाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री
पुष ११, २०८१ बिहिबार
राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यमा ८ जना नियुक्त
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार