कांग्रेस महासमिति बैठकमा गगन पक्षको नाराबाजी, मञ्चमा पठाइयो प्रहरी
नेपालबहस संवाददाता
फागुन १०, २०८० बिहिबार १६:४१:४१
१० फागुन, काठमाडौं । कांग्रेस महासमिति बैठकमा गगन थापा समर्थकले नाराबाजी गरेका छन् । महामन्त्री थापाले राखेका विषय पारित हुनुपर्ने भन्दै बैठकमा उनीहरुले नाराबाजी सुरु गरेपछि तनाव उत्पन्न भएको हो । बागमतीका सभापति इन्द्र बानियाँले संयुक्त छलफलपछि निष्कर्ष सुनाउने क्रममा गगन पक्षले नाराबाजी सुरु गरेका थिए ।
गगन थापाले प्रस्तुत गरेको प्रतिवेदनको विषयमा चुनावी गठबन्धन गर्ने या नगर्ने भन्ने विषयमा प्रतिनिधिहरूले विवाद निकालेका हुन् । बानियाँले गण्डकी र बागमती प्रदेश समूहमा भएको छलफलको निष्कर्ष पेस गर्न सुरु गरेसँगै हलमा महामन्त्री थापा समर्थकले नाराबाजी सुरु गरेका थिए ।
बानियाँले गठबन्धनको विषय रणनीतिक मात्रै हुनुपर्ने बताएका थिए । महामन्त्री विश्वप्रकाश शर्माले माहोललाई शान्त बनाउन प्रयास गरे पनि गगनको प्रस्तावअनुसार अघि बढिनुपर्ने भन्दै समर्थकहरूले नाराबाजी गरेका थिए ।
कांग्रेसको जारी महासमितिमा चौथो दिनमा आएर अवस्था तनावग्रस्त बनेको हो । समूहगत छलफलमा उठेका सुझावहरूलाई प्रदेश सभापतिहरूले प्रस्तुत गर्ने क्रममा विवाद भएको नेताहरूले बताएका छन् । सुझाव दिने क्रममा आफूहरूका कुरा नसमेटिएको भन्दै महासमिति सदस्यहरूले नेताहरू बसेको मञ्च घेरेर नाराबाजी गरेपछि सुरक्षाकर्मी बोलाएर मञ्च घेर्न लगाइएको छ ।
नाराबाजी भएपछि बागमती प्रदेश कार्यसमिति सभापति इन्द्र बानियाँले सबै सहभागीको विचार समेटेर कुरा राख्ने भन्दै माहोल शान्त पार्ने कोसिस गरेका थिए । अहिले सुरक्षाकर्मीले स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री
पुष ११, २०८१ बिहिबार
राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यमा ८ जना नियुक्त
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार