कांग्रेस महासमितिमा ४ प्रस्ताव सर्वसम्मतिले पारित, गठबन्धन बारे केन्द्रीय समितिले आवश्यक निर्णय गर्ने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
फागुन १०, २०८० बिहिबार १७:१८:२३
![](https://nepalbahas.prixacdn.net/media/albums/992b6ba3-70c9-4bfe-8a74-b221f9e0c898_cxb6HVGt76_F7mr2J4D9d.jpg)
१० फागुन, ललितपुर । नेपाली कांग्रेसको महासमिति बैठकमा पेस भएका चार वटै प्रस्तावहरू सर्वसम्मत पारित भएका छन् ।
उपसभापति पूर्णबहादुर खड्काले पेस गरेको नीति प्रस्ताव, महामन्त्री गगन थापाले पेस गरेको सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले पेस गरेको समसामयिक राजनीतिक प्रस्ताव र लेखा समिति संयोजक श्याम घिमिरेले पेस गरेको लेखा परीक्षण प्रतिवेदन महासमिति बैठकले सर्वसम्मत पारित गरेको हो ।
चार वटै प्रस्तावहरूमाथि समूहगत छलफलपछि प्रदेश सभापतिहरूले सुझावसहित धारणा राखेका थिए । त्यसपछि आवश्यक संशोधनसहित ती प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गरिएको थियो । बैठकले चार वटै प्रस्तावहरू सर्वसम्मत रुपले पारित गरेको हो । प्रस्तावहरुमाथि आएका सुझावहरूलाई केन्द्रीय समितिले समावेश गरेर दस्तावेजहरूलाई अन्तिम रुप दिनेछ ।
बैठकमा महामन्त्री थापाले २०८४ को निर्वाचनमा गठबन्धन नगर्ने भन्ने प्रस्ताव पेस गरेका थिए । तर महासमिति बैठकले अहिले त्यसबारे कुनै निर्णय गरेन । यसलाई केन्द्रीय समितिले आवश्यकता हेरेर निर्णय गर्ने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिनिधिसभाको बैठक सुरु
फागुन ६, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
रिंकुकुमारी मृत्यु प्रकरणको अनुसन्धान गर्न मधेश सरकारले बनायो एसएसपीको नेतृत्वमा समिति
फागुन ६, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणः धरौटीमा रिहा भएका रवि लामिछाने तारेखका लागि धाइरहेका छन अदालत
फागुन ६, २०८१ मंगलबार
पहिलो तारिख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि
फागुन ६, २०८१ मंगलबार
सन् २०३५ मा उत्सर्जन ६० प्रतिशतले घटाउने जापानको लक्ष्य
फागुन ६, २०८१ मंगलबार
स्कुल बस दुर्घटना बढेपछि विशेष जाँच अभियान थालियो
फागुन ६, २०८१ मंगलबार
प्रकृति लम्सालको शङ्कास्पद मृत्युको विषयमा माइतीघर मण्डलामा विरोध [ फोटो फिचर ]
फागुन ६, २०८१ मंगलबार