एमालेलाई नेकपा एसको जवाफ, ‘आयोगको प्रतिवेदन नहेरी मन्त्री ज्वालाबारे निर्णय गर्न सकिँदैन’
नेपालबहस संवाददाता
फागुन १०, २०८० बिहिबार १८:२४:२६
१० माघ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदन नहेरी भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाबारे निर्णय गर्न नसकिने बताएको छ । एमालेले उनको राजीनामा मागिरहेका बेला बिहीबार बसेको सचिवालय बैठकमा मन्त्री प्रकाश ज्वालाबारे छलफल भएको थियो ।
बैठकमा जाँचबुझ आयोगको प्रतिवेदनले मन्त्री ज्वालाको दोष देखाएमा त्यही अनुसारको निर्णय हुनेबारे छलफल भएको थियो । कसलाई कुन कारणले दोषी देखाइएको छ भन्ने जानकारी नभएको र प्रधानमन्त्रीले जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गरिरहेकाले उनीबारे एमालेको माग अनुसार कुनै निर्णय नगरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
१३ पुसमा दुई युवकको मृत्यु हुने गरी ललितपुरको बालकुमारीमा भएको घटनाबारे जाँचबुझ गर्न गठित आयोगले गत शुक्रबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन बुझाएको थियो ।
प्रतिवेदनमा फिल्ड कमान्डर डीएसपी उमेश लम्साल र निजी सुरक्षा अधिकारी (पीएसओ) बोधराज अधिकारीसँगै मन्त्री ज्वालालाई समेत दोषी किटान गरिएको छ । मन्त्री नगएको भए घटना नहुने समितिको निष्कर्ष छ । तर, प्रधानमन्त्री प्रचण्ड र नेकपा एसले प्रतिवेदन अध्ययन गर्न बाँकी रहेको बताउँदै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार
बीआरआईमा ऋण लिने विषयमा कांग्रेसले प्रधानमन्त्रीलाई सहमती दिन सक्दैनः गृहमन्त्री
मंसिर ६, २०८१ बिहिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार