कांग्रेस महासमितिबाट ११ बुँदे गोदावरी घोषणापत्र जारी
नेपालबहस संवाददाता
फागुन १०, २०८० बिहिबार २२:११:३४
१० फागुन, काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक ११ बुँदे गोदावरी घोषणापत्र जारी गर्दै सकिएको छ । फागुन ७ गतेदेखि सुरु भएर आज सम्पन्न भएको महासमिति बैठकले नेपालको संविधानको रक्षा, संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र संविधानको सार्थक कार्यान्वयन गर्ने घोषणा गरेको छ ।
कांग्रेसले मुलुकमा विद्यमान सबैखाले सामाजिक एवं जातीय क्षेत्रीय तथा लैंगिक विभेद र हिंसाविरुद्ध कार्यक्रमिक अभियान सञ्चालन गर्ने प्रतिबद्धता पनि जाहेर गरेको छ ।
गोदावरी महासमिति बैठकले पेश भएको प्रतिवेदनको अन्तिम निष्कर्ष केन्द्रीय समितिले दिने भनिएको छ । उपसभापति र महामन्त्रीहरूका ‘परस्पर बाझिएका’ प्रस्ताव सर्वसम्मतिले पारित गरेको महासमितिले निष्कर्ष निकाल्ने र कार्यान्वयन गर्ने जिम्मा केन्द्रीय समितिलाई छोडिदिएको हो ।
अब केन्द्रीय समितिमा देउवालाई बहुमतमार्फत निर्णय गर्न सहज हुने निश्चित छ । कांग्रेसको विधानअनुसार महाधिवेशनपछिको सबैभन्दा ठूलो र शक्तिशाली संस्था हो, महासमिति । महासमितिसँग नेतृत्व फेर्नेबाहेक सबै अधिकार छ । तर, चार दिन चलेको छलफलको निष्कर्ष ननिकालेरै बैठक सकिएको भन्दै केहि नेताले असहमति पनि राखेका छन् ।
कांग्रेसले महासमितिको बैठकमा नेताहरूले प्रस्तुत गरेका प्रस्तावले पार्टीको नीति, सांगठनिक कार्ययोजना र समसामयिक सन्दर्भमा स्पष्ट दृष्टिकोण निर्माण गरेको दाबी गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १४, २०८१ शुक्रबार
राजनीतिक स्थिरताबाट मात्रै विकास सम्भव : उपप्रधानमन्त्री सिंह
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
शुक्लाफाँटामा बाघ गणना सुरु
मंसिर १४, २०८१ शुक्रबार
‘जनकपुर बोल्ट्स’ को डेकोर पार्टनरमा नेपोभिट टायल्स
मंसिर १४, २०८१ शुक्रबार
‘सामाजिक सञ्जालमार्फत शान्ति सुव्यवस्था खलल पुर्याउनेलाई कारबाही’
मंसिर १४, २०८१ शुक्रबार
भारतीय चर्चित क्रिकेटर शिखर धवन आइपुगे नेपाल
मंसिर १४, २०८१ शुक्रबार
यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग ५५ रनले पराजित
मंसिर १४, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १४, २०८१ शुक्रबार