गृहमा नारायणकाजीका बदनाम सारथीहरु
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
फागुन ११, २०८० शुक्रबार १२:२२:२४
![](https://nepalbahas.prixacdn.net/media/albums/narayankaji_IYvbUmzSZL_tCYU3AxLFG.png)
११ फागुन, काठमाडौं । गृह मन्त्रालय सम्हालेको एक वर्षमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनको अभिव्यक्ति दिएर थाकेका छैनन् । हरेक पल्ट उनको भाषणमा सुशासन, भ्रष्टाचारविरुद्धको अभियानमा लागेका वा कर्मचारी शुद्धीकरणमा आफू लागेको जस्ता शब्दहरु सुनाउने गर्छन् । अझ प्रहरी संगठनले आयोजना गरेको कार्यक्रममा शान्ति सुरक्षा कायम भएन वा आर्थिक अपचलनको कुरा उठेमा तुरुन्तै सरुवा गरिदिन्छु भन्दै धम्क्याउने गरेका छन् । तर तिनै श्रेष्ठले मन्त्रालय हाँक्ने क्रममा बदनाम पात्रहरूको साथ लिएका छन् । आम रुपमा उनी स्टण्टबाज मन्त्रीका रुपमा दरिएका छन् ।
प्रहरीले चार महिना लगाएर भिजिट भिसाको अनुसन्धान गर्यो । त्रिभुवन विमानस्थलबाट मानव तस्करहरूले ट्राभल एजेन्सीको सहयोगमा भिजिट भिसाको प्रयोग गर्दै मानिसहरू विभिन्न मुलुकमा पठाउने गरेको तथ्य र प्रमाणहरू संकलन गरेको थियो । त्यसका आधारमा प्रहरीले केही कर्मचारीलाई पक्राउ गर्यो । केहीलाई मुद्दा दायर गर्यो । भिजिट भिसाको नाममा मानव तस्करी गरेको आरोपमा ९ अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गर्यो । उपत्यका अपराध अनुसन्धान कार्यालयको सुरुवाती र पछि जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका आधारमा सरकारी लिखत किर्ते र संगठित अपराध सम्बन्धी कसुरमा मुद्दा दर्ता भयो ।
१२ जनालाई फरार प्रतिवादी बनाउँदै अदालतमा मुद्दा दायर गरेको जिल्ला न्यायाधिवक्ता सन्देश श्रेष्ठले बताए । फरार रहनेमा ८ जना सरकारी कर्मचारी छन् । विमानस्थल अध्यागमन कार्यरत रहेर हाल राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत ताराबहादुर कुँवर, अध्यागमन अधिकृत कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णुप्रसाद अर्याल, विकास डंगोल, पीताम्बर रिमाल र सुजन फागो लिम्बुलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर भएको हो । अध्यागमन अधिकृत नरवीर खड्कालाई भने उपत्यका अपराध अनुसन्धान कार्यालयले २६ कात्तिक २०८० मै पक्राउ गरेको थियो ।
अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार, नरवीर र ताराबहादुर कुँवरसँग सेटिङ गरेर बिचौलियाले युवालाई खाडी मुलुक पठाएको खुलेको थियो । उनको संरक्षणमा लागेका विमानस्थल अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमाल अहिले पनि त्यही छन् । उनलाई हटाउने विषयमा श्रेष्ठले कुनै चासो दिएका छैनन् । त्यसैगरी हमाल नक्कली लाइसेन्स प्रकरणमा पनि मुछिएका व्यक्ति हुन् ।
२०७२ सालको मंसिरदेखि विद्युतीय सवारी चालक अनुमतिपत्र (ईडीएल) प्रणाली सञ्चालनमा आएको थियो । त्यसयता वितरण भएका कैयौं लाइसेन्सको इन्ट्री शंकास्पद देखिएपछि विभागले गत मसिंर २१ गते छानबिन थालेको थियो । विभागका निर्देशक मुकेश रेग्मी संयोजक रहेको छानबिन समितिले एक लाख २ हजार फर्जी लाइसेन्स बनेको प्रतिवेदन तयार पारेको थियो । यसमा करिब ७३ हजार फर्जी लाइसेन्स वितरण भइसकेका छन् । ७३ हजारमा मा ६६ हजार बढी दश जना महानिर्देशकको कार्यकालमा भएका छन् भने ७ हजार निमित्त महानिर्देशकका पालामा वितरण भएका छन् । थप करिब २९ हजार बाँड्न तयार अवस्थामा थिए । यातायात व्यवस्था विभागका तत्कालीन महानिर्देशक गोगनबहादुर हमालको पालामा १० हजार ५३५ लाइसेन्स वितरण भएको देखिन्छ ।
त्यसैगरी अर्का बदनाम पात्रलाई लिएर शान्ति सुरक्षा महाशाखा हाँकिरहेका छन् । सहसचिव नारायण भट्टराईलाई मन्त्रालयको महत्वपूर्ण महाशाखाको जिम्मेवारी दिएका छन् । भट्टराई पनि नक्कली लाइसेन्समा मुछिएका व्यक्ति हुन । उनको कार्यकालमा ६९७ नक्कली लाइसेन्स बनेका छन । साथै गम्भीर विषयमा त के छ भने उनको समयमा एउटा लाइसेन्सको विवरण सेट गर्न नौ जना यूजरहरु संलग्न देखिएका छन् । उनीहरू सबैलाई भट्टराईको संरक्षण र संलग्नता रहेको स्रोतको दावी छ ।
अर्का बदनाम पात्र पनि गृह मन्त्रालयमा रहेका छन् । बालकुमारी घटनामा ललितपुरको सिडियो रहेका रुद्र पण्डितलाई अहिले प्रशासन महाशाखाको जिम्मेवारी दिने तयारी भइरहेको छ् । उनी राष्ट्रिय परिचयपत्रको ठेक्का रद्द गराएर अलपत्र पार्ने प्रमुख पात्र हुन । साथै बालकुमारी घटनामा प्रहरीलाई गोली चलाउन आदेश दिने पनि उनै थिए । बालकुमारी घटनामा उनको दोष नदेखाई चोख्याएर डीएसपी उमेश लम्साललाई मात्र दोषी देखाएर सहसचिव पण्डितलाई प्रशासन महाशाखा वा अध्यागमन विभागको जिम्मेवारी दिने तयारी थालिएको स्रोतले जनाएको छ ।
अध्यागमन विभाग अहिले खाली रहेको छ । विभागमा केही समय अघिसम्म अर्का बदनाम पात्र रुद्रसिंह तामाङ थिए । तामाङ मेलम्ची खानेपानी परियोजनाको ठेक्का प्रकरणमा अख्तियारले मुद्दा चलाएपछि निलम्बनमा परेका छन् । त्यसअघि सुन तस्करीमा मुछिएका झलकराम अधिकारी थिए । अधिकारीलाई पनि सुनपानी छर्केर अहिले श्रेष्ठकै जोडबलमा सरकारी सम्पत्तिको सुरक्षा गर्ने नेपाल ट्रष्टको जिम्मेवारी दिइएको छ । सुन तस्करीका नाइके दावासँग सुन पास गराउन राजश्व अनुसन्धान विभागको महानिर्देशक हुँदा अधिकारीले महत्वपूर्ण भूमिका खेलेका थिए । अध्यागमनको महानिर्देशक रहेका अधिकारीलाई सरुवा मात्रै गरेर गृहमन्त्री श्रेष्ठले छाडेका थिए । उनी उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठका विश्वास पात्र हुन् ।
उनको निजी सचिवालय हेर्ने हो भने पनि बदनाम पात्रहरुकै हालिमुहाली रहेको छ । पूर्व एआईजी वीरेन्द्रबाबु श्रेष्ठ, सुशन कर्माचार्यले सुरक्षाकर्मीलाई दुःख दिइरहेका छन् । कतिपय सरुवा र बढुवामा समेत उनीहरुको हस्तक्षेप हुने गरेको गृह स्रोतको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार