पेरिसको नक्कल गरेर बनाइएको चीनको शहरमा हनिमुन मनाउनेको भीड
नेपालबहस संवाददाता
फागुन ११, २०८० शुक्रबार १२:२७:१७
११ फागुन, बेइजिङ । अहिलेसम्म चीनले इलेक्ट्रोनिक ग्याजेट र प्राविधिक सामानको नक्कल गर्ने गर्दथ्यो तर अहिले सिङ्गो शहरले नक्कल गर्न थाले पछि विश्व अचम्मित भएको छ ।
चीनले यस्तो सहर बनाएको छ, जहाँ गएपछि तपाई चीनमा घुमिरहनु भएको जस्तो लाग्दैन । मानिसहरू लन्डन र पेरिस घुमेको अनुभव अब चीनमा नै गर्न सक्ने भएका छन किनभने अब चीनले विश्वका प्रसिद्ध शहरहरू पनि नक्कल गरेर चिनको भुमीमा बनाउन थालेको छ। चीनले पेरिसको यति धेरै नक्कल गरेको छ कि त्यहाँ एफिल टावर पनि बनाएको छ ।
नेशनल ज्योग्राफिकका अनुसार चीनले तियान्दुचेङमा दोस्रो पेरिस बनाएको छ, यहाँका पसल र सडक पनि पेरिस जस्तै देखिने गरी बनाइएको छ । यो सहर चीनले १० हजार मानिसका लागि बनाएको थियो तर जहाँ सन् २०१३ सम्ममा मात्रै २००० मानिस बस्दै आएका थिए । यति सुन्दर र भव्य बनाए पनि पूरै सहर भने अहिले खाली नै रहेको छ ।
सन् २००७ मा खोलिएको यो सहर निर्माणमा एक अर्ब पाउण्ड खर्च भएको छ । यहाँ एउटा एफिल टावर पनि बनाइएको छ, जसको उचाइ १०७ मिटर छ। जबकि पेरिसको वास्तविक एफिल टावरको उचाइ ३३० मिटर छ।
सीएनएनका अनुसार चीनको पेरिस सहरको जियाङ्सी रोडलाई फ्रान्सेली नाम पनि दिइएको छ, यहाँ युरोपेली डिजाइनका बगैंचा पनि बनाइएको छ । यदि तपाईं अचानक यो सहरमा पुग्नुभयो भने तपाईं पेरिसमा आउनु भएको महसुस गर्न सक्नुहुन्छ। यो सहर झेजियाङ प्रान्तमा निकै दुर्गम छ, जसका कारण मानिसहरू यहाँ जान मानिरहेका छैनन् ।
तर, भर्खरै बिहे गर्ने नयाँ जोडीहरू हनिमुनका लागि चीनको पेरिस सहर जान रुचाउँछन्, जसका कारण यो सहर अहिले निकै लोकप्रिय बन्दै गएको छ ।
सन् २०१७ मा यो सहरमा ३० हजार मानिस बसोबास गर्ने दाबी गरिएको थियो, यससँगै अब युरोपेलीहरू पनि यहाँ बस्न चाहन्छन् भन्ने हल्ला पनि चलाइएको थियो तर त्यस्तो केही हुन भने सकिरहेको छैन । तियान्डुचेङमा रहेको एफिल टावरको प्रतिकृति मात्रै होइन, चीनले हङकङको सिमानामा पर्ने दक्षिणी सहर शेन्जेनमा पनि १०८ मिटर अग्लो टावर निर्माण गरेको छ।
चीनले लन्डनको टावर, पुल र अल्पाइन गाउँहरू पनि बनाएको छ। सिड्नी ओपेरा हाउसको प्रतिलिपि चीनमा पनि उपलब्ध हुनेछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ४५ जनाको मृत्यु, २८ घाइते
मंसिर २८, २०८१ शुक्रबार
भारतको निजी अस्पतालमा आगलागी हुँदा छ जनाको मृत्यु
मंसिर २८, २०८१ शुक्रबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
मोरङको उमागौरी सहकारी ठगीमा पत्नी जोडिएपछि तनावमा छन लेखा समिति सभापति ऋषिकेश
मंसिर २८, २०८१ शुक्रबार
पत्रकार महासंघ पाल्पाको अध्यक्षमा तिमिल्सिना
मंसिर २९, २०८१ शनिबार
बुटवलको तिनाउ पुलमा जिप दुर्घटना, दम्पत्तिसहित ३ जनाको मृत्यु
मंसिर २९, २०८१ शनिबार
एनपीएलः काठमाडौंविरुद्ध ब्याटिङ गर्दै पोखरा
मंसिर २९, २०८१ शनिबार
पत्रकार महासंघ सङ्खुवासभा शाखाको अध्यक्षमा शाक्य
मंसिर २९, २०८१ शनिबार
आँबुखैरेनीमा चितुवा नियन्त्रण गर्न पासो थापियो
मंसिर २९, २०८१ शनिबार
आठ वर्षमा पनि बनेन् बेनी अस्पतालको भवन
मंसिर २९, २०८१ शनिबार