हाजिर भएको २४ घण्टा नबित्दै ठूलो परिणाममा गाँजा बरामद गर्न सर्लाही प्रहरी सफल
नेपालबहस संवाददाता
फागुन ११, २०८० शुक्रबार १२:३४:४७
११ फागुन, मलंगवा । सर्लाही प्रहरीले ठूलो मात्रामा गाँजासहित मानिस पक्राउ गरेको छ । सरुवा भएर जिल्ला प्रहरी कार्यालय सर्लाहीमा हाजिर भएको २४ घण्टा पनि नबित्दै प्रहरी प्रमुख एसपी दयानिधि ज्ञवालीको सक्रियतामा उक्त गाँजा पक्राउ परेको हो ।
समाचार अनुसार हिजो फागुन १० गते बिहान १० बजेको समयमा सर्लाहीको बागमती नपा वडा नं. ३ नयाँ बस्ती चोकस्थित नयाँरोड बरहथवा सडक खण्डमा गोप्य सूचनाको आधारमा जिप्रका सर्लाहीबाट खटिएको प्रहरीको विशेष टोलीले उक्त परिणामको लागूऔषध गाँजा पक्राउ गरेको हो ।
एसपी ज्ञवालीका अनुसार दक्षिणबाट उत्तरतर्फ आइरहेको बागमती प्रदेश ०१–०२६ च ५१५९ नं. को कारलाई सूचनाका आधारमा चेकजाँच गर्दा कार भित्र लुकाई छिपाई ल्याएको लागूऔषध गाँजा १० पोका फेला पारी कार, कार चालकलाई तत्काल नियन्त्रणमा लिएर कारबाही पक्रिया अघि बढाइएको छ ।
प्रहरीका अनुसार गाँजा तस्करमा जिल्ला पुर्वी नवलपरासी गैडाकोट नपा ११ बस्ने प्रकाश परियारको छोरा बर्ष ३० को सूर्य परियार रहेका छन् । बरामद गाँजा जप्रका सर्लाहीमा ल्याई तौल गर्दा ११६ केजी रहेको र लागूऔषध नेक्सस बारेमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार