संसद खुलाउन सभामुख घिमिरे अझै संवादमा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
फागुन ११, २०८० शुक्रबार १४:१:५०
![](https://nepalbahas.prixacdn.net/media/albums/ghimire_QYfi8XZKi0_CvZpLvNfvs.jpg)
११ फागुन, काठमाडौं । दुई घण्टादेखि प्रतिनिधिसभा बैठक सुचारु ढंगले अघि बढाउन सभामुख देवराज घिमिरेले विभिन्न दलका प्रमुख सचेतकसँग छलफल गरिरहेका छन् । विपक्षी दलका सांसदहरूको विरोधका कारण प्रभावित भएको संसद बैठक खुलाउन सभामुखले संवाद सुरु गरेका हुन् ।
बिहान ११ बजे बसेको बैठकमा दलका सांसदहरूबीच विवाद उत्पन्न भएपछि घिमिरेले १५ मिनेटका लागि भनेर बैठक स्थगित गरेका थिए । दुई घण्टा बित्दा पनि बैठक सुरु हुन सकेको छैन । बैठक सहज रूपमा अघि बढाउनका लागि सभामुखको कार्यकक्षमा दलका प्रमुख सचेतक र सचेतकसँग सभामुखले छलफल गरिरहेको सञ्चार विज्ञ शेखर अधिकारीले जानकारी दिए ।
बैठकमा एमालेले गत पुस १३ गते बालकुमारीमा २ युवा प्रहरीको गोलीबाट मारिएको घटनामा भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरेको छ । साथै सो छानबिन प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिनिधिसभाको बैठक सुरु
फागुन ६, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
अर्थ मन्त्रालयले १९ अर्ब बराबरको स्रोत सहमति दिएपछि हुने भयो २६ आयोजनाको पुनर्निर्माण
फागुन ६, २०८१ मंगलबार
कम्बोडियाको संसद्मा खमेर रूज नरसंहार अस्वीकार विरुद्ध कानून पारित
फागुन ६, २०८१ मंगलबार
अमेरिकासँग आर्थिक वार्तामा प्रगति हुने मस्कोको अपेक्षा
फागुन ६, २०८१ मंगलबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
फागुन ६, २०८१ मंगलबार
प्रकृतिका बुवा भन्छन् : मैले छोरी गुमाए, अन्य नेपाली विद्यार्थीमाथि दमन नहोस्
फागुन ६, २०८१ मंगलबार
अमेरिका मात्र होइन, कोस्टारिका सरकारले पनि अवैध आप्रवासीहरूलाई देश निकाला गर्ने
फागुन ६, २०८१ मंगलबार