सत्य साई वृद्धाश्रमलाई सिटिजन्स बैंकको सहयोग
नेपालबहस संवाददाता
फागुन ११, २०८० शुक्रबार १५:३७:३४
११ फागुन, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बसन्तपुर– ८ बालापुर, रुपन्देहीमा अवस्थित श्री सत्य साई वृद्धाश्रमलाई सहयोग प्रदान गरेको छ । ज्येष्ठ नागरिकहरूलाई आश्रय दिइरहेको सो संस्थालाई सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले विभिन्न दैनिक उपभोग्य खाद्यान्न सामाग्री र अन्य सामाग्रीमा उपलब्ध गराएको छ । विभिन्न दाताबाट प्राप्त सहयोगबाट वृद्धाश्रम संचालन भइरहेको छ ।
वृद्धाश्रममा आज आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरूपका सामग्रीहरू हस्तान्तरण गरेका छन् । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले वृद्धाश्रममा आश्रित व्यक्तिहरूको जीविकोपार्जन तथा सहजीकरणको निमित्त उक्त सामाग्रीहरु संस्थालाई हस्तान्तरण गरि मानव सेवामा समर्पित हुन पाउँदा हर्षित भएको बताए ।
संस्थागत सामाजिक उत्तरदायित्त्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएको छ ।
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले देशैभरि फैलिएका आफ्ना १९० वटा शाखा, १५२ वटा एटीएम. र ९७ वटा शाखारहित बैंकिङ ईकाईहरुबाट १७ लाख २४ हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामा आफ्नाे सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले यसै आर्थिक वर्ष थप ५ शाखाहरू विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहोटल ली हिमालयमा सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट
मंसिर ७, २०८१ शुक्रबार
कुमारी बैंकको शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा
मंसिर ६, २०८१ बिहिबार
आज दुई बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार