वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउनुपर्छः मुख्यमन्त्री यादव
नेपालबहस संवाददाता
फागुन ११, २०८० शुक्रबार १५:५५:४४
११ फागुन, धनुषा । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन तीनै तहको सरकारबीच समन्वय आवश्यक रहेको बताएका छन् । श्रम तथा यातायात मन्त्रालय मधेस प्रदेशले आयोजना गरेको महिला, बालबालिका तथा सामाजिक न्याय समिति मधेस प्रदेशसभासँगको बहुपक्षीय कार्यशाला गोष्ठीको उद्घाटन सत्रमा मुख्यमन्त्री यादवले मुलुकको कूल गार्हस्थ्य उत्पादनमा करिब २३ प्रतिशत योगदान दिने वैदेशिक रोजगारी क्षेत्र व्यवस्थित बनाउने दायित्वबाट कोही पनि पन्छिन नपाउने उल्लेख गरे ।
वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित बनाउन मधेस प्रदेश सरकारले समाजिक विकास मन्त्रालयबाट छुट्याएर श्रम तथा यातायात मन्त्रालय स्थापना गरेको स्मरण गराउँदै मुख्यमन्त्री यादवले श्रम तथा रोजगारीको क्षेत्रलाई व्यवस्थित बनाउन प्रदेश सरकार कुनै कसर बाँकी न राख्ने प्रतिबद्धता व्यक्त गरे ।
सीप नहुँदा वैदेशिक रोजगारीमा ठूलो समस्या उत्पन्न भइरहेको उल्लेख गर्दै मुख्यमन्त्री यादवले वैदेशिक रोजगारीमा जानेलाई सीपप्रति आकर्षित गर्ने कार्यक्रम ल्याउन सम्बन्धित अधिकारीलाई निर्देशनसमेत दिए । ग्रामीण क्षेत्रबाट दैनिक मजदुरीका लागि सदरमुकाम आउने श्रमिकको आवासको समस्यालाई मध्यनजर गर्दै प्रदेश सरकारले आठवटै जिल्लाको सदरमुकाममा श्रमिक भवन निर्माणका लागि बजेट व्यवस्थापन भइसकेको र सम्बन्धित स्थानीय तहहरुसँग समन्वय भइरहेको जानकारी दिए ।
श्रम तथा यातायात मन्त्रालयका सचिव सुरेन्द्र पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मधेस प्रदेशसभा महिला बालबालिका तथा सामाजिक न्याय समितिका सभापति रुपाकुमारी यादवले आप्रवासी कामदार समस्यामा पर्दा सरकारको तर्फबाट यथोचित सहयोग नहुनु दुःखद् भएको बताए । स्वीस दूतावासका प्रतिनिधि एन्टोनियाले मधेस सरकारले श्रम तथा रोजगार नीति तयार गर्नु सराहनीय रहेको उल्लेख गरे
गोष्ठीमा प्रदेशसभा महिला बालबालिका तथा सामाजिक न्याय समितिका सदस्य, श्रम तथा यातायात मन्त्रालयका पदाधिकारी एवं श्रमसँग सम्बन्धित प्रदेश सरकारका प्रतिनिधि, सामी एवं रेग्मी परियोजनाका पदाधिकारीलगायतका सरोकारवालाको सहभागिता थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्लाहीमा आगलागीः एउटै गाउँको ६५ भन्दा बढी घर जले
बैशाख २०, २०८१ बिहिबार
४२ डिग्रीको गर्मीमा ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी
बैशाख २०, २०८१ बिहिबार
चालीस डिग्रीभन्दा बढी तापक्रम हुन थालेपछि मधेशको जनजीवन प्रभावित
बैशाख १९, २०८१ बुधबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
बैशाख २०, २०८१ बिहिबार
भाजपाले दिल्लीमा जनमत पार्टीलाई स्वागत गर्दा जसपा र लोसपालाई किन बोलाइएन ?
बैशाख २०, २०८१ बिहिबार
वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार
बैशाख २०, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २१, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलले दिए विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
बैशाख २१, २०८१ शुक्रबार
आज विश्व प्रेस स्वतन्त्रता दिवस
बैशाख २१, २०८१ शुक्रबार
विश्वासको मत लिँदै मुख्यमन्त्री सोडारी : एमालेले आज नदिने, कांग्रेसले अवरोध गर्ने
बैशाख २१, २०८१ शुक्रबार
कस्तो छ आजको मौसम ?
बैशाख २१, २०८१ शुक्रबार
विदेशी मुद्राको विनिमय दर : आज कतिमा हुँदैछ कारोबार ?
बैशाख २१, २०८१ शुक्रबार