प्रधानमन्त्री र मुख्यसचिवको टकरावले कामविहिन भए सहसचिव
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
फागुन १२, २०८० शनिबार १४:११:१५
![](https://nepalbahas.prixacdn.net/media/albums/pm-parchanda_DfqRABFYHJ_XGvkMz9Rc9.jpg)
१२ फागुन, काठमाडौं । दैनिक सुशासनका कुरा गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सामान्य कमजोरीले गर्दा यतिबेला सुशासनका लागि काम गर्ने २७ जना सहसचिवहरू कामविहिन भएका छन् । उनीहरुको दैनिकी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय धाउनु मात्र भएको छ ।
२७ सहसचिव व्यवस्थापनका लागि प्रधानमन्त्री प्रचण्ड र मुख्यसचिव बैकुण्ठ अर्यालबीच यस विषयमा समन्वय नै छैन भने प्रधानमन्त्री कार्यालय, संघीय मन्त्रालय र अर्थ मन्त्रालयबीच पनि कुरा मिलेको छैन । कसलाई कहाँ पठाउने भन्ने टकरावमा प्रधानमन्त्री र मुख्यसचिव फाइल थन्क्याएर बसेका छन् । जसका कारण प्रथम श्रेणीको जनशक्ति महिनौदेखि कामविहिन भएर बसेको छ ।
सहसचिवको पोस्टिङ र सरुवाको सूची महिनौंसम्म मुख्यसचिवको घर्रामा थन्किएर बसेको छ । पेण्डिङका सहसचिवबारे के भइरहेको छ भनेर प्रधानमन्त्री पनि सोध्ने काम गर्दैनन् । बढुवा भएका सबै सहसचिवलाई प्रशासनिक प्रतिष्ठानले तालिमसमेत दिइसकेको छ । उनीहरू एक महिना अघिदेखि सहसचिवको नियुक्ति बोकेर सिंहदरबार धाएका धाएकै छन् ।
संघीय मन्त्रालय प्रशासन महाशाखाका एक उपसचिवले दिएको जानकारी अनुसार सहसचिवको पोस्टिङ प्रस्ताव गरेको पत्र प्रधानमन्त्री कार्यालय पठाएको एक महिना भइसक्यो । तर, प्रधानमन्त्रीलाई हेर्ने फुर्सद नै छैन । उनी भन्छन्, ‘सहसचिवको सरुवा र पोस्टिङमा प्रधानमन्त्री कार्यालय अनिर्णयको बन्दी भएको छ ।’
यसअघि पनि शक्तिकेन्द्र बीचको टकरावकै कारण गत मंसिरमा ७१ जना सहसचिवको सरुवाको सूची एक महिनासम्म प्रधानमन्त्री कार्यालयमा रोकिएको थियो । माघको पहिलो साता २९ जना सहसचिवको सरुवा पनि एक महिनाभन्दा बढी समयको रस्साकसीपछि फाइनल भएको थियो । सामान्य प्रशासन मन्त्रालयका एक उपसचिव भन्छन्, ‘एक पटक फाइनल गरेर संघीय मन्त्रालय पठाएको सूची मुख्यसचिव बैकुण्ठ अर्यालले आफूले हस्ताक्षर गरेको एक घण्टापछि रद्द गरेका थिए । उक्त सूचीमा एउटै सहसचिवलाई तीन महिनामा तीन पटकसम्म सरुवा गरिएको थियो ।’
मुख्यसचिव अर्यालले कुनै सहसचिवलाई भने आर्थिक चलखेल हुने प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयमा पालैपालो सरुवा गराएका थिए । अहिले पनि अर्यालका गतिविधि उस्तै देखिएका छन् । तर, उनले कुन सहसचिवलाई कुन ठाउँमा पोष्टिङ गर्न चाहिरहेका छन भन्ने कुरा शक्तिकेन्द्र बीचको टकरावले नै देखाइरहेकाे छन् । जसका कारण सहसचिवहरू हाजिरका भरमा तलब बुझ्नुपर्ने वाध्यतामा छन् ।
प्रधानमन्त्रीदेखि मुख्यसचिवसम्मको कुन मन्त्रालयमा लैजाने र कसलाई हटाउन भन्ने स्वार्थ बाझिएको छ । फरक–फरक व्यक्ति छनोट हुन थालेपछि सहसचिवको पोस्टिङ र सरुवामा जहिल्यै शक्तिकेन्द्रबीच टकराव पर्ने गरेको छ । गत माघको पहिलो साता दुई पटक गरेर ३० सहसचिव बढुवा भएकामा यसबीचमा तीन जना पोस्टिङ नै नभई अवकाश भइसकेका छन् । बढुवा भएका मध्ये १५ राजस्व समूहका छन् । उनीहरूमा अर्थमन्त्री प्रकाश शरणको पनि स्वार्थ लुकेको छ ।
अहिले कुनै पनि सहसचिव सरुवा एयरपोर्ट भन्सारमा जान चाहिरहेका छैनन् । कुनै बेला शक्तिकेन्द्र धाएर भन्सार प्रमुख बन्ने परिस्थिति बदलिएर अहिले अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय जाने कर्मचारी नै नपाउने भएको छ । एयरपोर्ट भन्सार प्रमुख टोकराज पाण्डे सरुवा भएको तीन साता बित्दा पनि प्रमुख बनाउने सहसचिव फेला नपरेपछि आइतबारदेखि उपसचिव गगन विश्वकर्मालाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ ।
भन्सार विभागका उपमहानिर्देशक सेवन्त पोखरेललाई एयरपोर्ट सरुवा गरिएपनि उनी नजाने मनस्थिति लिएर विदामा बसेको सामान्यका ति उपसचिवले बताए । सुन प्रकरणपछि एयरपोर्ट भन्सार जाने सहसचिव पाउनै कठिन हुन थालेको छ । सुनलगायतका वस्तुको तस्करीको घटनाका कारण कारबाहीको डरले भन्सार जाने कर्मचारी पाउनै कठिन भएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
संघीय निजामति विधेयकः श्रेणीगत प्रणाली हटाएर कर्मचारीलाई तहगत संरचनामा राख्ने सहमति
फागुन १, २०८१ बिहिबार
मन्त्रीस्तरीय निर्णयबाट अर्थ मन्त्रालयका सहसचिवहरूको कार्यविभाजन, कसलाई कुन जिम्मेवारी ?
फागुन १, २०८१ बिहिबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार