कांग्रेसले चाह्याे भने भोलि नै सरकार ढल्न सक्छः गृहमन्त्री
नेपालबहस संवाददाता
फागुन १२, २०८० शनिबार १५:२९:१५
१२ फागुन, राजविराज । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सत्ता गठबन्धन र सरकारको आयु कति छ भन्ने कुरा कांग्रेसको हातमा निर्भर रहेको बताएका छन् । उनले नेपाली कांग्रेसले चाहेसम्म यो गठबन्धन र सरकार दुवै स्थिर रुपमा रहिरहने बताएका छन् । कांग्रेसले चाहे भोलि सरकार ढल्ने उनको भनाइ छ ।
सप्तरीको खडक नगरपालिका स्थित बिसनपुरमा शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री श्रेष्ठले अहिलेको गठबन्धनलाई कसरी चलाउने र कहिलेसम्म लाने भन्ने कुरा कांग्रेस बाहेक अरूले भनेर नहुने बताए । कांग्रेस सबैभन्दा ठूलो दल हो । सरकारमा उसैको बहुमत छ । उसले चाहे पाँच वर्ष नै प्रचण्ड प्रधानमन्त्री बन्न सक्नुहुन्छ, उनले भने ।
वर्तमान गठबन्धन र सरकारबारे सोधिएको प्रश्नमा गृहमन्त्री श्रेष्ठले भने, ’यो नेपाली कांग्रेसलाई सोध्नुहोस् । प्रमुख प्रतिपक्षी दलले मन्त्रीहरूको राजीनामा माग गरिरहेको प्रश्नमा गृहमन्त्री श्रेष्ठले राजीनामा माग्ने विपक्षीको धर्म भएको बताए । उनले एमालेलाई औचित्यपूर्ण ढंगबाट राजीनामा मागे राम्रो हुने सुझाव दिए । सामन्तवादको निकृष्ट अवशेष मिटर ब्याज समस्या रहेको बताउँदै गृहमन्त्री श्रेष्ठले सरकार मिटरब्याज पीडितको समस्या समाधान गर्न गम्भीरतापूर्वक सरकार लागिरहेको बताए ।
समस्या समाधानका लागि काठमाडौं पुगेका मिटरब्याज पीडितहरुलाई गृहमन्त्री श्रेष्ठले भने, ’समस्या समाधान हुन्छ, हामीले छोडेका छैनौं, कानुन बनायौँ, आयोग बनायौँ, आयोगको समय सकिएपछि अहिले प्रहरीमा सबै उजुरी पठाएका छौँ, साढे पाँच हजारभन्दा बढी पीडितले न्याय पाएका छन् ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
हिउँद लागेसँगै आगलागीका घटनामा वृद्धि
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ११, २०८१ मंगलबार
आज यी तीन प्रदेशमा पानी पर्ने सम्भावना
मंसिर ११, २०८१ मंगलबार
आज काठमाडौं यी स्थानमा बिजुली काटिने
मंसिर ११, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर ११, २०८१ मंगलबार