नेशनल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा शाहनवाज अन्सारी नियुक्त
नेपालबहस संवाददाता
फागुन १२, २०८० शनिबार १५:३५:३६
१२ फागुन, विरगञ्ज । नेशनल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा शाहनवाज अन्सारी नियुक्त भएका छन् । कलेजको बोर्ड बैठकले शाहनवाज अन्सारीलाई आगामी ५ वर्षको लागि प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो ।
फागुन ४ गते बसेको सञ्चालक समितिको बैठकले शाहनवाज अन्सारीलाई प्रबन्ध निर्देशकमा नियुक्त गरेको कलेजले जनाएको छ । अन्सारी यसअघि कलेजको निर्देशक भएर कार्यरत थिए । प्रबन्ध निर्देशकमा नियुक्त भएसँगै शाहनवाज अन्सारीले नेशनल मेडिकल कलेजको स्वास्थ्य सेवा र मेडिकल शिक्षालाई गुणस्तरीय र सर्व सुलभ बनाउँदै लैजाने बताए ।
मधेस प्रदेशकै ठूलो स्वास्थ्य संस्थाका रुपमा रहेको नेशनल मेडिकल कलेज मधेस प्रदेशका जनताको स्वास्थ्यको भसोराको केन्द्र रहेको तथा सिमावर्ती भारतीय नागरिकको स्वास्थ्योपचारको समेत केन्द्रविन्दु रहेकाले उनीहरुको आस्था र भसोरालाई अझ बलियो बनाउन आफु लागिपर्ने उनले बताए ।
उनी कलेजका अध्यक्ष प्रा.डा. जैनुद्दिन अन्सारीका छोरा हुन् । उनको कलेजमा १५ प्रतिशत शेयर छ । कलेजको मुख्य शेयर प्रा।डा। जैनुद्दिन अन्सारीको नाममा छ । उनीसँग ४५ प्रतिशत कलेजको स्वामित्व रहँदा नुशरत जहान अन्सारीको नाममा १० प्रतिशत, निकहत यासमिनको नाममा १० प्रतिशत, इशर्त जहानको नाममा १० प्रतिशत तथा बसरुद्दिन अन्सारीको नाममा १० प्रतिशत शेयर रहेको कलेजका अध्यक्ष प्रा।डा। अन्सारीले जनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
विश्व बैंकको अनुदानमा सडक स्तरोन्नति
मंसिर ११, २०८१ मंगलबार
हिमाल र हिमनदी मार्ग र वरपरको दृश्य
मंसिर ११, २०८१ मंगलबार
चारो खोजीमा रहेको घाँसेफिस्टो चरा
मंसिर ११, २०८१ मंगलबार
सीप र रोजगारीलाई जोड्न चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
मंसिर ११, २०८१ मंगलबार
अदालतको अपहेलनासम्बन्धी रास्वपाका नेताविरुद्धको रिट न्यायाधीशद्वय शर्मा र निरौलाको इजलासमा
मंसिर ११, २०८१ मंगलबार