कल बाइपास गरेको अभियोगमा दुई जना पक्राउ
नेपालबहस संवाददाता
फागुन १२, २०८० शनिबार २२:२४:९
१२ फागुन, काठमाडौं । प्रहरीले अवैध रुपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास 'भिओआइपी' सञ्चालन गरेको अभियोगमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा पर्सा सखुवाप्रसौनी गाउँपालिका-५ घर भई कास्की पोखरा महानगरपालिका-११ बस्ने ३७ वर्षीय विशाल साह कलवार र रुपन्देही लुम्बिनी सास्कृतिक नगरपालिका-४ घर भई पोखरा महानगरपालिका-११ फुलवारी बस्ने २७ वर्षीय ईमरान अहमद खान रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।
उनका अनुसार गैरकानुनी रुपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास सञ्चालन गरिरहेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाट र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त टोलीले पोखरा महानगरपालिका-११ सिद्धेश्वरमार्गस्थित कोठामा कल बाइपास गरिरहेको अवस्थामा दुवै जनालाई पक्राउ गरेको हो ।
उनीहरुबाट भिओआइपी गेटवे ६४ पोर्टको दुई थान, वाइफाई राउटर एक थान, युपिएस एक थान, एनसेलको सिम पाँच सय ९७ थान, पेनड्राइभ एक थान, मोबाइल दुई थानलगायतका उपकरण बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामाथि दूरसञ्चार ऐन, २०५३ अन्तर्गतको कसुरमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक ढकालले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ
पुष ६, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कस्तो छ सहकारी ठगी प्रकरणको अभियोगपत्र ?
पुष ८, २०८१ सोमबार
चुरियामाई सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिँदै
पुष ८, २०८१ सोमबार
चलचित्र ‘एक्लो’को क्यारेक्टर पोस्टर सार्वजनिक
पुष ८, २०८१ सोमबार
जाडो याममा तातो भक्का विद्यार्थीको रोजाइमा
पुष ८, २०८१ सोमबार
निलगिरी हिमालमा हिउँ घट्दै
पुष ८, २०८१ सोमबार
खोकना बस्ती र आसपासको दृश्य
पुष ८, २०८१ सोमबार