बाघ मारेर जमिनमा गाडेको अवस्थामा भेटियो
नेपालबहस संवाददाता
फागुन १२, २०८० शनिबार २२:२७:८
१२ फागुन, मध्यविन्दु 'नवलपरासी' । नवलपरासी 'बर्दघाट सुस्तापूर्व'को मध्यविन्दु नगरपालिकामा एउटा बाघ मारेर जमिनमा गाडेको अवस्थामा फेला परेको छ । मध्यविन्दु नगरपालिका–१५ स्थित नवदुर्गा सामुदायिक वनमा एउटा भाले बाघ मृत फेला परेको चोरमारा रेञ्ज पोष्टका वन अधिकृत दुर्गादत्त कंडेलले जानकारी दिए।
“रोयल बेङ्गल टाइगर प्रजातिको भाले वयस्क पाटे बाघ गाडेको अवस्थामा पूर्वपश्चिम राजमार्गदेखि पाँच सय मिटर दक्षिण जङ्गलमा भेटिएको हो”, उनले भने, “स्थानीयले बाघ गाडेको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।”
यसअघि यही फागुन ४ गते मध्यविन्दु नगरपालिका–१० अरुणखोला जङ्गल क्षेत्रमा भाले प्रजातिको पाटे बाघ मृत अवस्थामा फेला परेको थियो । आठ दिनको अन्तरमा सोही जङ्गल क्षेत्रमा अर्को पाटे बाघ मृत फेला परेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज जन्म लिने बच्चा सिंह राशीको हुने
मंसिर ८, २०८१ शनिबार
मिथुन राशी भएकाहरुको लागि आज राम्रो समय छ
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपतिद्वारा ढुङ्गानाका परिवारप्रति समवेदना
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन
मंसिर ९, २०८१ आइतबार
भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार
पाँच महिनामा ५५ गर्भवती तथा सुत्केरीको उद्धार
मंसिर ९, २०८१ आइतबार
बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
मंसिर ९, २०८१ आइतबार
कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
मंसिर ९, २०८१ आइतबार