इस्कोन वीरगञ्जको आयोजनामा निकालियो जगन्नाथ रथयात्रा
नेपालबहस संवाददाता
फागुन १२, २०८० शनिबार २२:४४:३६
१२ फागुन, वीरगञ्ज । ईस्कोन वीरगञ्जको आयोजनामा वीरगञ्जमा कडा सुरक्षाका बीच जगन्नाथ रथयात्रा निकालिएको छ । वीरगञ्जको घण्टाघरबाट निकालिएको रथयात्रा माईस्थान, महाविरस्थान, अलखियामठ, मकालु चौक, पुजन होटल कैलाश होटल हुँदै आदर्शनगरस्थित पूरानो बसपार्कमा पुगेर टुङ्गिएको थियो ।
रथयात्राका क्रममा वीरगञ्जमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । केही दिन अघि मात्रै वीरगञ्जमा भएको झडपका कारण कर्फ्यू लगाउनुपरेको हुँदा धार्मिक सद्भाव बिथोलीन नदिन ठूलो संख्यामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।
रथयात्रामा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल, उद्योगी व्यवसायीहरु, चिकित्सक, स्थनीय अगुवाहरु, भद्रभलादमी, समाजसेवी, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत हजारौँको सङख्यामा भक्तजनहरुको सहभागीता रहेको ईस्कोन वीरगञ्जका अध्यक्ष रुपसनातन दासले जानकारी दिए । उनकाअनुसार वीरगञ्जमै पहिलो पटक जगन्नाथ रथयात्रा निकालिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
एनपिएलका आयोजकप्रति दर्शकहरू रुष्ट
मंसिर १५, २०८१ शनिबार
निगमले बढायो पेट्रोल र हवाई इन्धनको मूल्य
मंसिर १५, २०८१ शनिबार
जनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट
मंसिर १५, २०८१ शनिबार
त्रिवि क्रिकेट मैदानमा भीडमा च्यापिँदा दुई प्रहरीसहित सात घाइते
मंसिर १५, २०८१ शनिबार
बसको ढोकाबाट खसेर दुई जनाको मृत्यु
मंसिर १५, २०८१ शनिबार