वार्ताका लागि गृह मन्त्रालयले पठाएको पत्रमा मिटरब्याज पीडितको असहमति, वार्ता नहुने संकेत
नेपालबहस संवाददाता
फागुन १३, २०८० आइतबार १३:१४:४९
१२ फागुन, काठमाडौं । सरकारले मिटरब्याज पीडितसँग वार्ता गर्ने भन्दै पठाएको पत्रलाई लिएर मिटरब्याज पीडितहरुले असहमति जनाएका छन् । गृह मन्त्रालयले संघर्ष समितिका अध्यक्षलाई मात्र व्यक्तिगत रुपमा सम्बोधन गरी पत्र पठाएको भन्दै वार्तामा बस्ने वातावरण नबनेको उनीहरुले बताएका छन् ।
गृह मन्त्रालयले देशका विभिन्न भागबाट पैदल हिँडेर काठमाडौं आइपुगेका मिटरब्याज पीडितलाई वार्तामा आउन आग्रह गर्दै आज आइतबार पत्र पठाएको थियो । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिलाई आइतबार पत्र पठाएको गृह मन्त्रालयले जनाएको छ । संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहालाई सम्बोधन गरेर आइतबार पत्र पठाउँदै मन्त्रालयले वार्तामा आउन आग्रह गरेको छ ।
मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाका शाखा अधिकृत चिरञ्जीवी जीएमले हस्ताक्षर गरेको पत्रमाख कुशवाहाको नेतृत्वमा मिटरब्याज समस्या समाधानका लागि पैदल यात्रा, प्रदर्शन लगायतका आन्दोलनका कार्यक्रम सञ्चालन भएकोबारे मन्त्रालयको ध्यानाकर्षण भएको भन्दै बढीमा ५ सदस्यीय वार्ता टोली गठन गरी छलफलका लागि मन्त्रालयमा उपस्थित संघर्ष समितिलाई आग्रह गरेको छ ।
यता, संघर्ष समितिले भने वार्तामा व्यक्तिगत रुपमा पत्र लेखेको भन्दै असन्तुष्टि जनाएको छ । हालै बसेको समितिको बैठकले व्यक्तिगत रुपमा पठाइएको पत्रको जवाफ व्यक्तिगत रुपमै दिने निर्णय गरेको छ । मिटरब्याज पीडितका लागि भन्दै पूर्वबाट कुशवाहाको नेतृत्वमा ५०० र पश्चिमबाट दीर्घ नवीनको नेतृत्वमा २०० जना पीडित पैदल मार्च गरेर काठमाडौंसम्म आएका थिए । काठमाडौं आएपछि पनि उनीहरुको विरोध प्रदर्शन जारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोप—२९ पछि जलवायु संकट टार्न के हुन्छ अब नेपालको रणनीति ?
पुष ११, २०८१ बिहिबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
यु–१९ क्रिकेटः महिला टिमको बन्द प्रशिक्षण सुरु
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य सेवाको सुदृढीकरणका लागि सम्मेलन आयोजना गर्दै स्वास्थ्य मन्त्रालय
पुष ११, २०८१ बिहिबार
‘एआई’ शिक्षासम्बन्धी पाँचौँ संस्करणको कार्यक्रम ललितपुरमा हुने
पुष ११, २०८१ बिहिबार
लिम्बू कला–संस्कृति संरक्षणमा जुट्दै नयाँ पुस्ता
पुष ११, २०८१ बिहिबार
माझीदाईका गुनासाः दिनभरि काम गर्यो, फर्कदा रित्तै !
पुष ११, २०८१ बिहिबार
कस्तो रहला आज देशभरको मौसम ?
पुष ११, २०८१ बिहिबार