नेपालले नेदरल्यान्ड्सलाई दियो १७३ रनको लक्ष्य
नेपालबहस संवाददाता
फागुन १३, २०८० आइतबार १३:३०:२८
१३ फागुन, काठमाडौं । आईसीसी क्रिकेट वर्ल्डकप लिग टूमा नेपालले नेदरल्याण्ड्सलाई १७३ रनको लक्ष्य दिएको छ । ओपनर कुशल भुर्तेलको अर्धशतक मदतमा त्रिवि मैदान, कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाएर १७२ रन बनाएको छ ।
ब्याटिङमा संघर्ष गरेको नेपालका लागि भुर्तेलले सर्वाधिक ६६ रन बनाए । उनले ९३ बल खेल्दै ८ चौका प्रहार गरे । यस्तै करण केसीले २६, आरिफ शेखले २२, आसिफ शेखले १७ तथा कप्तान रोहित पौडेलले १६ रन जोडे । ६ खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
कुशल भर्तेलवाहेक नेपालका माथिल्लो क्रममा कुनै पनि ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । नेपालले एक सय ३५ रनको कुल स्कोरमा आठ विकेट गुमाएसकेको थियो । तर, आरिफ शेख र करण केसीले ३६ रनको साझेदारी गर्दै टोलीलाई राहत दिएका थिए । नेपालले अतिरिक्त रुपमा पनि १० रन पाएको थियो ।
नेदरल्यान्ड्सका बलर भिभियन किङ्मा र आर्यन दत्तले तीन–तीन विकेट लिए । बास डे लिडले पनि दुई विकेट हात पारे । रोल्फ भान डर मेर्वेले एक विकेट लिए । नेपालका एक ब्याट्सम्यान भने रन आउट भएका थिए ।
नेपालले तेस्रो विकेटमा रुपमा कुशल मल्ललाई गुमाएको थियो । चौथो नम्बरमा क्रिज समाल्न आएका कुशल मल्ल नौ बलमा दुई रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनलाई नेदरल्यान्ड्सका बलर आर्यन दत्तले एलबीडब्लूको धरापमा पारेका थिए । १३औँ ओभरको अन्तिम बलमा कुशल मल्ल आउट हुँदा नेपालले ५४ रन बनाएको थियो ।
नेपालले चौथो विकेटका रुपमा कप्तान रोहित पौडेललाई गुमाएको थियो । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका रोहित ४० बलमा दुई चौकाको मद्दतले १६ रन बनाउँदै आउट भएका थिए । उनलाई डच बलर आर्यन दत्तले नोच कोरेसद्वारा क्याच गराएका थिए । २४.३ ओभरमा उनी आउट हुँदा नेपालले ८७ रन बनाएको थियो ।
यसैगरी नेपालले पाँचौँ विकेटका रुपमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको थियो । उनी ११ बलमा एक रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनी रनआउट भएका थिए । २७.४ ओभरमा उनी आउट हुँदा नेपालले ९३ रन बनाएको थियो ।
नेपालले छैटौँ विकेटका रुपमा भीम सार्कीलाई गुमाएको थियो । आठ बलको सामना गरेका भीम खाता खोल्नुअघि नै आउट भएका थिए । बास डी लिडले बोल्ड गरेका थिए । २९.३ ओभरमा भीम आउट हुँदा नेपाली टोलीले ९४ रन बनाएको थियो ।
नेपालले सातौँ ओपनर ब्याट्सम्यान कुशल भुर्तेललाई गुमाएको थियो । कुशल भुर्तेलले पेभेलियन फर्किनुअघि ६६ रन बनाएका थिए । उनले ९३ बलको सामना गरी आठ चौका पनि हिर्काएका थिए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुशल भुर्तेलले बनाएको यो आठौँ अर्धशतक पनि हो ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उच्च स्कोर भने एक सय १५ रन हो । २७ वर्षीय कुशल भुर्तेललाई डच बलर रोल्फ भान डेर मर्वेले आफ्नो बलिङमा आफैले क्याच लिँदै पेभेलियन फर्काएका थिए । ३६.३ ओभरमा कुशल भुर्तेल आउट हुँदा नेपाली टोलीले एक सय २२ रन बनाएको थियो ।
नेपालले आठौँ विकेटका रुपमा गुलसन झालाई गुमाएको थियो । गुलसनले पेभेलियन फर्किनुअघि १७ बलमा पाँच रन बनाएका थिए । गुलसनलाई आर्यन दत्तले साइब्रान्डद्वारा क्याच गराएका थिए । आर्यन दत्तले लिएको यो तेस्रो विकेट थियो । ४२.२ ओभरमा गुलसन आउट हुँदा नेपालले एक सय ३५ रन बनाएको थियो ।
नेपालले नवौँ विकेटका रुपमा आरिफ शेखलाई गुमाएको थियो । आठौँ नम्बरमा क्रिज समाल्न आएका आरिफ २२ रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनले ५० बलको सामना गरी एक चौका पनि हिर्काएका थिए । उनलाई डच बलर किङ्माले म्याक्स ओ’डडद्वारा क्याच गराएका थिए । ४८.२ ओभरमा उनी आउट हुँदा नेपालले एक सय ७१ रन बनाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
मंसिर १०, २०८१ सोमबार
एसिया कप क्रिकेट खेल्न १५ सदस्यीय टोली घोषणा
मंसिर ९, २०८१ आइतबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
पत्रकारको भेषमा अपहरण गरी दुई लाख फिरौती माग्ने बीरगञ्ज टाइम्सका हरिशंकर प्रहरी फन्दामा
मंसिर १०, २०८१ सोमबार
निःशुल्क विशेषज्ञ डाक्टरको सेवा पाउँदा दुर्गमका नागरिक खुसी
मंसिर १०, २०८१ सोमबार
लिथुआनियामा विमान दुर्घटना हुँदा एक जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणबारे छलफलपछि ओलीले बोलाए मन्त्रिपरिषद्
मंसिर १०, २०८१ सोमबार
सन् २०२३ को अक्टोबर देखि एघार हजार भन्दा बढी प्यालेस्टिनी हिरासतमा
मंसिर १०, २०८१ सोमबार
बीआरआइबारे देउवाले भने, प्रधानमन्त्रीले चीनसँग अनुदानको कुरा गर्नुहुन्छ, ऋण होइन
मंसिर १०, २०८१ सोमबार